यस्ताे छ युट्युबमा अपलोड गरिएको पहिलो भिडियो:सबैले हेर्नुहाेस्

अनलाइन दर्पण 2018-08-27
img

सन् २००५ को अप्रिल २३ बाट युट्युब सुरु भएको हो ।यो अहिले सबैभन्दा धेरै प्रयोग हुने भिडियो स्ट्रिमिंग इन्टरनेट प्लेटफर्म बनेको छ ।

सुरु भएकै दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो ।

युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक Me at the Zoo राखिएको थियो ।

उक्त भिडियो २३ अप्रिल २००५ मा युट्युबमा संस्थापक जाभेद करीमले अपलोड गरेका थिए ।

भिडियो १८ सेकेण्डको मात्रै थियो । उनका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।

याे भिडियो अहिलेसम्म ५ करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

चेड हर्ले, स्टिभ चेन र जाभेद करीमले यो साईटको सुरुवात गरेका थिए ।

पछि सन् २००६ को नोभेम्बरमा गुगलले १ अर्ब ६५ करोड डलरमा खरीद गरेको थियो ।

हेर्नुहाेस्  युट्युबमा अपलोड गरिएको यो  पहिलो भिडियो:

 

सम्बन्धित समाचार

Advertisement