के तपार्इकाे मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस,अपनाउनुहाेस् यी ७ टिप्स

अनलाइन दर्पण 2018-08-21
img

तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस ।

स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ ।

मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ –

१. यदि तपाई गाडी चलाउँदै हुनुहुन्छ भने कारको ड्यासबोर्डमा नराख्नुस् । साथै फोनलाई पनि सनलाइट पनि कम गरिराख्नुस् । किनकि गर्मीले पनि ब्याट्रीको आयुलाई कम गर्ने गर्छ ।

२. फोन प्रयोग गरिरहेको समयमा यो ध्यान राख्न जरुरी छ कि, फोनको ब्याट्री कहिल्यै पनि पूरै नसकियोस् । जब ब्याट्री दश प्रतिशतभन्दा तल जान्छ, मोबाइल चार्ज गर्नुस् ।

३. केही मोबाइल प्रयोगकर्तालाई यो भ्रम हुन्छ कि, फोनलाई सय प्रतिशत नै चार्ज गर्नुपर्छ तर त्यस्तो होइन । फोनलाई फुल चार्ज गर्नु आवश्यक हुँदैन ।

४. केही प्रयोगकर्ता फोन चार्ज भइसकेपछि पनि मोबाइलको चार्जर जोडिरहेका हुन्छन् । यसो गर्दा फोनको ब्याट्रीमा असर पर्ने गर्छ । त्यसैले पनि फोनलाई रातभरी चार्जमा राख्नु उपयुक्त हुँदैन ।

५. भाइब्रेसन र उच्च भोल्युमको रिंगटोनले ब्याट्रीलाई बढी छिटो सक्छन् । त्यसैले ब्याट्री अफ गर्न भाइब्रेसन पनि अफ गर्नुस् र रिंगटोनको भोल्युम पनि सानो राख्ने गर्नुस् ।

६. तपाईलाई लाग्न सक्छ, ब्याट्री सेभर एपहरु सबै ठीक हुन सक्छन् । तर त्यो गलत हो । सबै ब्याट्री सेभर एप ब्याट्री बचाउनका लागि उपयोगी हुँदैनन् । यस्ता एपले उल्टो ब्याट्री घटाउने हुनाले सही एप छुट्याएर मात्र प्रयोग गर्ने गर्नुस् ।

७. यदि फोनमा कम ब्याट्री छ भने फोनको ब्याकग्राउन्ड एप्स र वाइ फाइ पनि बन्द गर्नुस् । यसो गर्दा तपाईको ब्याट्री अझ बढी समयसम्म टिक्छ ।

कसरी सुरक्षित हुन्छ मोबाइलको ब्याट्री ?

हिजोआज अधिकांश व्यक्तिको हातमा मोबाइल हुन्छ, तैपनि मोबाइलको ब्याट्रीका बारेमा भने धेरै मानिस भ्रममा रहेका पाइन्छन् । ब्याट्री चार्ज गरिरहेको समयमा मोबाइल प्रयोग गर्ने कि नगर्ने ? यसलाई कति समयसम्म चार्ज गर्न सकिन्छ ? आदि विषयमा धेरै भ्रम देखिन्छ । 

स्विच अफ

मोबाइल फोनलाई पनि आरामको आवश्यकता हुन्छ, तर धेरैजसो व्यक्तिले मोबाइल फोनलाई कहिल्यै अफ गर्दैनन् । मोबाइल फोनको ब्याट्री लाइफ बढाउन समय–समयमा फोन अफ गर्नुपर्छ । विशेषज्ञहरूका अनुसार कमसेकम सातामा एक पटक मोबाइल फोनलाई अफ गर्नु आवश्यक छ । 

शून्य ब्याट्री 

ब्याट्री पुरै नसकिँदासम्म चार्ज नगर्ने बानी धेरैमा हुन्छ, तर यो खराब बानी हो । यद्यपि दैनिक रूपमा अलि–अलि चार्ज गरिरहनु सबैभन्दा राम्रो हो । ब्याट्रीलाई शून्य अवस्थासम्म पुर्‍याउँदा यसको लाइफ छिटो सकिन्छ । त्यसैले१० प्रतिशतभन्दा बढी नै भएको अवस्थामै ब्याट्री चार्ज गर्नु उपयुक्त हुन्छ । 

रातमा चार्ज

राति पनि फोन चार्ज गर्न सकिन्छ । स्मार्टफोनभन्दा पनि धेरै स्मार्ट त्यसको ब्याट्री हुन्छ । त्यसैले शतप्रतिशत चार्ज भए पछि स्वचालित रुपमा त्यसको चार्जिङ अफ हुन्छ । 

सक्कली वा नक्कली चार्जर

कुनै अन्य ब्रान्डको चार्जर प्रयोग गर्दा ब्याट्रीमा समस्या आउँदैन । त्यसैले एउटा ब्रान्डको ब्याट्री चार्ज गर्न अर्को ब्रान्डको चार्जर प्रयोग गर्दा समस्या सिर्जना हँुदैन, बरु नक्कली चार्जरको प्रयोगले भने ब्याट्रीमा समस्या ल्याउन सक्छ । 

तापक्रमको असर

ब्याट्रीलाई बढी तापक्रम भएको स्थान नजिक राख्नु हुँदैन । तापका कारण ब्याट्रीमा खराबी आउँछ । त्यसैगरी यसलाई धेरै चिसो स्थानमा पनि राख्नु हुँदैन । चिसोले पनि ब्याट्री खराब हुन्छ । यी दुवै अवस्थामा ब्याट्रीलाई मोबाइलबाट बाहिर निकाल्नु हुँदैन । 

छिटो ब्याट्री सकिनु

यदि चार्ज गरेको छोटो समयमै ब्याट्री सकिन्छ भने त्यसमा केही खराबी आएको छ भन्ने कुरा बुझ्नुपर्छ । ब्याट्रीलाई मोबाइलबाट निकालेर जमिनमा राखी घुमाउदा यदि मजासँग घुम्यो भने त्यो कुनै स्थानमा फुलेको छ भन्ने हुन्छ । यसको अर्थ त्यसमा केही खराबी छ । यस्तो अवस्थाको ब्याट्री परिवर्तन गर्नु उपयुक्त हुन्छ । 

यो पनि पढ्नुस

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न

समयनुसार  प्रबिधिको बिकासले  पनि ठुलो  फड्को मारीसकेको छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन्। तर अब तपाईको मोबाइलको लक खोल्न हामी सजिला पाँच उपाय बताउँदैछौं ।

१. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।

२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम एकै पटक दबाउनुस्।

३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँवटा अप्सन देखिनेछन् ।

रिबुट डाटा(reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down) र एड्भान्स अप्सन(Advance Options)

जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।

४. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँछ।जसमा एस (Yes) सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ। यसो गर्नुअघि सोच्नु जरुरी छ ।

५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लिन सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।

सम्बन्धित समाचार

Advertisement