क्यालिफोर्निया । आजको समयमा विकास तथा प्रविधिले निकै ठूलो फड्को मारेको छ । आजभोलि कुराकानी गर्नका लागि टाढाटाढा सम्म टेलिफोनबाट आफन्तसँग कुरा गर्ने, हुलाकबाट चिठी आदानप्रदान गर्ने झन्झटबाट मुक्त भइसकेका छन् । अहिले सबैको हात–हातमा आधुनिक किसिमको मोबाइल छ ।
जसबाट इन्टरनेटको सहायताबाट आफ्ना साथीभाई, आफन्तसँग ढुक्कका साथ कुराकानी गर्न पाएका छौं । त्यसमाथि पनि अहिले इन्टरनेट मार्फत चल्ने सामाजिक सञ्जाल फेसबुक त झनै लोकप्रिय बन्दै आइरहेको छ । फेसबुक अर्थात मुहार पुस्तिका अहिले बच्चादेखि वृद्धसम्मको बनेका छन् । अशिक्षित नै भएपनि फोनमा कुराकानी गर्नका लागि फेसबुक खोलेका छन् । त्यसैकारण फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ ।
फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् ।
यसअतिरिक्त फेसबुकको लोकप्रियता बढाउन प्रयोगकर्ताहरुको चाहना र सुविधालाई समेत ध्यान दिएर आवश्यक परिमार्जन भइरहेको उनको भनाइ छ ।
क्यालिफोर्नियामा आयोजित वार्षिक सम्मेलनमा उनले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा थप्न लागेको जानकारी गराए ।
जुकरवर्गका अनुसार फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले बताए । ‘एकल अवस्थामा रहेका प्रयोगकर्ताले आफ्ना लागि योग्य साथी छान्न सकुन् भनेर यस्तो सुधार गर्न लागिएको हो,’ उनले भने ।
त्यस्तै इन्टाग्राममा अब भिडियो च्याट र केही नयाँ फिल्टर्स सामेल गरिने उनले बताए । एजेन्सीको सहयोगबाट