फेसबुकमा कमेन्ट गर्दा दुई घाइते

अनलाइन दर्पण 2018-04-26
img

काठमाडौं, १४ वैसाख ।  सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् ।

युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार घाइतेद्वयले एउटी युवतीको फेसबुकमा कमेन्ट गर्दा अर्का युवाको समूहले सांघातिक आक्रमण गरेका थिए ।

घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ । दिउँसै मध्यचोकमा चक्कु र छुरी बोकेर ग्याङ फाइट हुँदा त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।

सम्बन्धित समाचार

Advertisement