काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्नाग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबीसै घण्टा ईन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् ।
‘सही’ डेटा प्याकयहि चैत्र २९ गते बिहीबारदेखि लागु हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधाजिबिदेखि १५ जिबिसम्मको १ दिन देखि ३० दिनसम्मको समयावधिका चौबीसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् । ग्राहकले १ दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहितमात्र रु ३९ मा सुचारु गर्न सक्नेछन् । तीनदिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् ।
सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याकअवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । यो योजनाअन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युबगो तथाएनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।
‘सही’ डेटा प्याकएनसेलको टु जी, थ्रि जीतथाफोर जी सबै नेटवर्ककालागिमान्य रहेको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याकलाई अफरको लाभलिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् । उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ माएसएमएस पठाउन सक्नेछन् ।
मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमाअल टाइम डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दर अनुसार कर सहित प्रतिएमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिनदेखि ९० दिनको लागि मान्य रहनेछ ।