धादिङमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

अनलाइन दर्पण 2022-11-03
img

धादिङ । धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ की २१ वर्षीया भवानी खकुराल हिजो मङ्गलबार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

म्यादी प्रहरीको बीमा नगरिएकोले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार