जाडोमा यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु, होस् गुमाए खतरा

अनलाइन दर्पण 2021-01-07
img

काठमाडौं । मौसन परिवर्तन हुँदा मानिसको मुड पनि परिवर्तन हुन्छ । अध्ययनले के पनि भन्छ भने जाडो मौससमा अन्य मौसमको तुलनामा यौनको इच्छा पनि बढी हुन्छ । तर, जाडोमा चिसो लाग्न सक्ने हुनाले सेक्सका क्रममा पनि केही सावधानी भने अपनाउनुपर्छ ।

क्षणिक सन्तुष्टिका लागि मात्रैं नभई मानव जीवनचक्रको लागि यौन आवश्यक पनि छ । तर यौनसम्पर्क गर्दा ध्यान दिइएन भने ठूलो खत्तरा पनि हुन सक्दछ । कतिपयले यौन सम्बन्धबाट चरम सुख प्राप्त गर्न भन्दै पुरुषको यौनांगमा नरिवलको तेल लगाउने गर्छन् । तर, जाडो मौसममा नरिवलको तेल लगाउन नहुने स्वास्थ्यकर्मीहरू बताउछन् ।

एक शोधका अनुसार नारियलको तेलमा कोमेडोजेनिक गुण हुने गर्छन् अर्थात यो थोरै मात्र चिसोमा जम्न सक्छ । यस्तोमा यदि यौनक्रियाको दौरान यसको प्रयोग गर्ने हो भने यो योनी भित्रै जम्न सक्छ जसले संक्रमणको जोखिम बढ्छ ।

अर्को कुरा जाडो मौसममा नरिवल तेलको पत्र महिलाको यौनांगभित्र जमेको खण्डमा त्यसलाई बारम्बार धुँदा पनि नजाने हुन्छ । यस्तो अवस्थामा यो अझै खतरनाक हुन सक्छ ।

त्यस्तै नरिवलको तेलमा एंटीमाइक्रोबियल गुण हुन् गर्दछ अर्थात यसले ब्याक्टेरियाहरूलाई मर्ने गर्दछ । तर यौनांग भित्रको वातावरणलाई स्वस्थ बनाइराख्न थुप्रै ब्याक्टेरियाहरूको उपस्थिति अनिवार्य हुने गर्दछ । यस्तोमा नारिवलको तेलले राम्रा ब्याक्टेरिया पनि मारिदिने हुँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

जाडो लागेपछि कतिपय मानिसहरु कम नुहाउछन् । यसले तपाइको पार्टनरमा नराम्रो भाव उब्जाउछ । त्यसकारण नियमित सरसफाइमा ध्यान दिनुपर्छ । अझ थप रोमाञ्चकताका लागि आफ्नो पार्टनरलाई पनि बाथटबमा पार्टनर बनाउनु राम्रो हुन्छ ।

प्रायः मानिसहरू जाडो सुरू भएपछि अन्य मौसम भन्दा बढी पिउने गर्छन् । बरू त्यसको सट्टा चुम्बन र अंगालोले जाडो भगाउने कोशीस गरे फाइदाजनक हुनुको साथै दुईबीचको प्रेम थप गाढा हुन्छ ।

सम्बन्धित समाचार

Advertisement