पुरूषमा भन्दा महिलामा किन वढी यौन चाहाना हुन्छ ? यस्ता छन् कारणहरु

अनलाइन दर्पण 2019-10-17
img

नेपाली समाजमा अझपनि सेक्स (यौन) भन्ने शब्द सुन्ने बित्तिकै प्रायः सबैका कान ठाडो हुने र यो शब्द देख्ने बित्तिकै आँखाहरु टक्क रोकिने गर्छन् । अर्थात हाम्रा ज्ञानेन्द्रीयहरु चनाखो हुन्छन्, अनि जिज्ञासु र कौतुहल बन्छन् । यो शब्द जसमा यति ठूलो शक्ति छ र सबैको ध्यान तान्न र खिच्न सक्छ ।

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले । त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको ‘बोण्ड’हो जसले दुईलाई एक बनाएर राख्छ र यसको अभावमा समाजले बाँधिदिएको सम्बन्धले कुनै महत्व राख्दैन । यो हामीले देख्दै भोग्दै आएको सत्य पनि हो।

यौन चाहना मौखिक रुपमा भन्ने कुरा होइन । अझ पूर्वीय संस्कारमा हुर्केका नेपालीका लागी यो त झन आपसी समझमा आधारित गहन कुरा हो । आफ्नो पार्टनरसँग यौन चाहना ब्यक्त गर्दा नराम्रो सोच्ने हुन् कि भन्ने सबैलाई लाग्छ । पुरुषले यौनका बारेमा धेरै कुरा गर्छन् भने महिलाले यौनको चाहना धेरै राख्छन् । पुरूषमा भन्दा महिलामा किन वढी यौन चाहाना हुन्छ ? यस्ता छन् कारणहरु ।

१. यसले शारीरिक सन्तुष्टि प्रदान गर्छ

सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

२. आफ्नो बारेमा राम्रो कुराहरु सोच्नु

साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना संलग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ ।’

३. आफ्नो पुरुषसँग नजिक ल्याउँछ

शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ ।रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार सेक्सलाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र दिगो हुने कुरा साँचो हो ।

४. नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछ

सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ । सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले तनावबाट मुक्ति दिलाउँछ । तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरै पटक सेक्सले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ ।

सम्बन्धित समाचार

Advertisement