सर्पको यौन जीवन

अनलाइन दर्पण 2019-09-03
img

अन्य सरीसृपजस्तै सर्पले पनि यौन सम्पर्ककै माध्यमबाट आफ्नो वंश वृद्धि गर्छ । सर्पको यौन क्रियाकलाप रमाइलो पनि हुन्छ । यौन सम्पर्क गर्नुअघि भाले र पोथी सर्प दुवैले एक–अर्कालाई छल्ने, जिस्क्याउने आदि काम गर्छन् । छल्ने, जिस्क्याउने क्रममै उनीहरू एक–अर्काप्रति यौनिक रूपमा आकर्षित हुन्छन् ।
यस्तो आकर्षणपछि पोथी सर्पले आफ्नो यौनाङ्ग खुम्च्याउने र फुलाउने प्रकृया प्रारम्भ गर्छे । त्यसपछि अत्यन्तै गोप्य रहने भालेको यौनाङ्ग, जुन हलो आकारको हुन्छ, शरीरबाट बाहिर निस्कन्छ । भालेको यौन अंग देखेपछि पोथी सर्प मदमस्त हुन्छे र भाले संग बटारिन थाल्छे । यसैक्रममा भालेले आफ्नो यौनाङ्गलाई पोथीको यौनाङ्गमा प्रवेश गराउँछ । त्यसपछि दुवै एक–अर्कासँग बटारिएर घण्टौंसम्म एक–अर्कासँग टाउको जुधाएर बस्छन् ।

यौन क्रियाकलापपश्चात् पोथी लगभग बेपत्ता हुन्छे । यसरी बेपत्ता भएपछि पोथी गन्धरहित भएर गुप्तवासमा बसेर सन्तानलाई जन्म दिन्छे । पोथी सर्प यसरी वेपत्ता हुनुको पछाडि भाले सर्पले जन्मिएका बच्चा खाइदिनु नै हो ।

सर्पले अण्डा पार्छ कि बच्चा जन्माउँछ ?

संसारमा अण्डा पार्ने र बच्चा जन्माउने दुवै थरीका सर्प पाइन्छन् । वैज्ञानिक भाषामा ओभिपारोस भनिने वर्गका सर्पले अण्डा पारेर त्यसलाई कोरल्छन् । यी सर्प प्राय: साधारण किसिमका हुन्छन् । यस्ता सर्पमा कोब्रा, माम्बा, एडर्स जातका सर्प प्रमुख छन् । त्यसैगरी वैज्ञानिक भाषामा भिभिपारोस भनिने वर्गका सर्पले भने बच्चा नै जन्माउँछन् । यसरी बच्चा जन्माउने सर्पले पनि बच्चा नै जन्माउने अन्य प्राणीको जस्तो गर्भधारण गर्दैनन् ।

त्यस्ता सर्पले आफ्नो अण्डालाई आफ्नै शरीरमा कोरल्छन् । शरीरभित्रै कोरलिएका बच्चा नै बाहिर निस्किने हुँदा यो वर्गका सर्पलाई बच्चा जन्माउने सर्प भनिएको हो । यस्ता सर्प अमेरिकामा पाइने र्‍याटल स्नेक तथा बोआ जातिका सर्प हुन् । खासमा सबै सर्पको विकास अण्डामै हुन्छ । कुनै सर्पले अण्डा पारेर त्यसलाई जमिनमा सेक्छन् भने कुनै सर्पले अण्डालाई आफ्नै पेटमा सेक्छन् ।

सम्बन्धित समाचार

Advertisement