विज्ञानकाे नयाँ खुलासा:चालिस कटेका महिला यौनमा बढी सक्रिय

अनलाइन दर्पण 2018-10-02
img

उमेरले चालिस तथा पचासको दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधा जीवन व्यतित भएको भन्ने बुझिन्छ। तर यौनका मामिलामा भने चालिसको दशकमा महिलाले आफनो जीवन भरमा सवैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ। 

जीवनको सन्तुष्टि विषयमा गरिएको अध्ययनले महिलाले आफ्नो जीवनको चालिसको दशकमा अन्य उमेरमा भन्दा वढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनिक गरेको छ। अध्ययनले चालिसका दशकका महिलाहरुमा यौन सक्रियता बढ्नुका साथै अरु वेलामा भन्दा शरीर स्वस्थ्य रहने, कन्फिडेन्स बढ्ने तथा सम्वन्ध पनि अरु वेलामा भन्दा प्रगाड हने कुरा पत्ता लगाएको छ। 

‘जीवनको मध्य उमेरमा पुगेका महिलाहरु वयस्कमा भन्दा पनि यौनका मामिलामा बढी सक्रिय रहन्छन’, अध्ययन प्रतिवेदनमा भनिएको छ ‘यो उमेरका महिलाहरु यौन क्रियाकलापमा बढी सक्रिय हुने मात्र होइन, यो समयमा जीवनका अरु समयमा गरीएको यौन समबन्ध भन्दा बढी आनन्द पनि प्राप्त गर्नेछन्।’

ब्रिटिस जर्नल अफ युरोलोजिमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार ६ हजार भन्दा बढी विभिन्न उमेरका महिलाहरुमा गरिएको अध्ययनमा ४५ देखि ५४ वर्षका ५२ प्रतिसत महिलाहरुले आफ्नो जीवनको यौन क्रियाकलापमा सवैभन्दा वढी आनन्द प्राप्त गरेको र अरु वेला भन्दा बढी सक्रिय रहेको कुरा बताएका छन्। त्यस्तै ३१ देखि ४५ वर्ष अमेरका ४३ प्रतिसत महिलाले बढी सन्तुष्टि प्राप्त गरेको जनाएका छन्। प्रतिवेदनमा १८ देखि ३० वर्षका ५४ प्रतिसत महिलाहरुले चरम उत्कर्ष प्राप्त गर्न नसकेको तर ४० देखि ५४ वर्षसम्मका ६७ प्रतिसतले चरम उत्कर्ष प्राप्त गर्न सफल भएको उल्लेख गरीएको छ।

 अमेरीकामा गरिएको अर्को एक अध्ययन अनुसार ३१ देखि ४५ वर्षका ८७ प्रतिशत महिलाहरु यौनमा सक्रिय रहेको र दैनिक सम्पर्क गर्ने गरेको तथ्य सार्वजनीक गरेको छ । सो प्रतिवेदन अनुसार ति उमेर समुहका महिलाहरुले यौन चरम आनन्द प्राप्त गर्न सफल भएको जनाएका छन्।

 अध्ययनले ४० देखि ५० वर्षको उमेरका महिलाहरु यौनका मामिलामा जीवनको सवैभन्दा बढी सक्रिय रहने र आनन्द लिने उमेर समुहमा रहेको निष्कर्ष निकालेको छ।

यी हुन महिलाका सबैभन्दा संवेदनशील ९ अंग ! जहाँ छोएपछि यौनिक उत्तेजना बढ्छ

पुरुषहरु सँधै सोचिरहन्छन् महिलाको सबैभन्दा संवेदनशील भाग कुन् ? अधिकाँश पुरुषको आँखा पर्ने अंगहरु बाहेक अन्य अंगहरु पनि यौनिकरुपमा निक्कै संवेदनशील मानिन्छन् ।कतिपय अंगमा पुरुषको आँखा परि हाल्छ भने कतिपय अंगमा भने छोएपछि यौनिक उत्तेजना बढ्ने हुन्छ । यस्ता अंगहरु कुन् कुन् हुन् त ?

१‍. पिठ्युँ

पुरुषहरु महिलाको पिठ्युँप्रति आकर्षित हुन्छन् । त्यति मात्र होइन पिठ्युँ यौनिकरुपमा पनि उत्तेजना पैदा गर्ने भाग हो । यो महिलाको सबैभन्दा संवेदनशील भाग मध्ये पर्छ ।

२. पेट

पुरुषहरु महिलाको पेट हेर्छन् । सारी लगाउँदा हल्का देखिने महिलाको पेटले पुरुषलाई आकर्षित गर्छ । त्यति मात्र होइन पेट चलाउँदा महिलहरु यौनिकरुपमा उत्तेजित हुन्छन् । पातलो पेट भएका महिलाहरुप्रति पुरुषको आकर्षण बढि हुन्छ ।

३. कपाल

महिलाहरुको कपाल चलाउन पुरुषहरुलाई मन पर्छ । कपाल चलाइदिँदा महिलाहरु पनि उत्तेजित अनुभव गर्छन् । कपाल समेत महिलाको संवेदनशील अंगमा पर्छ ।

४. कम्मर

महिलाको कम्मर पुरुषको सबैभन्दा आँखा पर्ने स्थान हो । पातलो कम्मर हुने महिलाको सुन्दरताबारे सदियौं देखि चर्चा हुँदै आएको छ । बारुली कम्मर चलाउँदा पुरुष र महिला दुवैले रोमान्चित अनुभव गर्छन् ।

५. मुस्कान

भलै मुस्कान अंग होइन तर पुरुष स्त्री सम्बन्धमा यसको भूमिका महत्वपूर्ण छ । पुरुषलाई घाइते पार्ने महिलाको सबैभन्दा घातक हतियार भने मुस्कान हो । मुस्कानले पुरुषहरु पग्लिन्छन् । मुस्कानले पुरुषहरुलाई उत्तेजित पनि पर्छ ।

६. ओंठ

‌ओंठ यौनिक हिसावले र सौन्दर्यको हिसावले दुवै हिसावले महत्वपूर्ण अंग हो । ओंठमा चुम्बन गर्दा स्त्रीहरु सबैभन्दा उत्तेजित हुन्छन् भने पुरुषहरु पनि महिलाको ओंठमा ध्यान दिन्छन् ।

७. बक्षस्थल

महिलाका बक्षस्थल सेकेण्ड्री यौन अंग पनि हुन् । किन भने यौन सम्बन्धको समयमा बक्षस्थलको भूमिका महत्वपूर्ण हुन्छ । स्त्रीको शरीरमा हुने अंग मध्ये बक्षस्थल सबैभन्दा संवेदनशील अंग पनि हो

८. पुट्ठो

महिलाको पुट्ठो अर्थात अंग्रेजीमा बट भनिने भाग पनि निक्कै संवेदनशील मानिन्छ । यो अंगप्रति पुरुषको पनि विशेष आकर्षण हुन्छ । यौन सम्बन्धमा उत्तेजनामा समेत यो भागको भूमिका हुन्छ

९. आँखा

कुनै पनि महिलाको आँखाले ती स्त्रीको चरित्र बताउँछ । आँखाबाट पुरुष आकर्षित हुन्छन् । आँखाले उत्तेजक र मनमोहक भूमिका पनि खेल्न सक्छ ।

सम्बन्धित समाचार