सामान्यतः यौनसम्पर्क नगरेकालाई भर्जिन (कुमारी) भनिन्छ । तर, वर्षौंसम्म नियमित सम्भोग गरेका युवती कसरी भर्जिन भइन् ? एउटा घटनाबारे जानकारी दिँदैछौं ।
खबरअनुसार चीनका एक दम्पती बिहे गरेको ४ वर्षसम्म सन्तान नहुँदा एकदमै चिन्तित थिए । उनीहरूबीच नियमित सेक्स हुने गरे पनि उनीहरूको बच्चा भइरहेको थिएन । र, एक दिन उनीहरू डाक्टरकहाँ पुगे ।
त्यसबेला पो उनीहरूको बारेमा गजबको रहस्य खुल्यो । ४
वर्षदेखि आफ्नो पार्टनसरसँग नियमित सेक्स गरेपनि ती महिला भने वास्तवमै भर्जिन (कुमारी) भएको पत्ता लाग्यो ।
चिनियाँ मिडियामा प्रकाशित खबरअनुसार यसको तथ्य यस्तो थियो कि, ती दम्पतीले बच्चा पाउनका लागि कहिल्यै सम्भोग गरेनन् । ती पुरुष २६ वर्ष र पत्नी २४ वर्षकी जवान थिइन् ।
जब यी दम्पतीले आफ्नो समस्या सुनाए, डाक्टर नै तीनछक्क परे । डाक्टरसँग ती महिलाले आफ्नो सेक्स निकै पीडादायक हुने बताइन् । उनले डाक्टरलाई आफ्नो सेक्स निकै दुखाइपूर्ण हुने पनि बताइन् । तर, दुखाइको कारण चाहिँ अर्कै रहेछ ।
पछि पो रहस्य खुल्यो– ती दम्पतीले कहिल्यै पनि प्राकृतिक सम्भोग गरेछन् । उनीहरूले त गुदामैथुन, मुखमैथुन तथा हस्तमैथुन तरिकाले यौन सन्तुष्टि पूरा गर्दा रहेछन् । त्यसबेला मात्रै डाक्टरले थाहा पाए कि, ती दम्पतीलाई गर्भ रहन योनी र लिंगबीचमै सेक्स हुनुपर्छ भन्ने सामान्य कुरा पनि थाहा रहेनछ ।
आखिर अन्तिम समयमा थाहा भयो कि, कृत्रिम सम्भोगकै कारण ती महिला ४ वर्षसम्म नियमित यौनसम्पर्क गरे पनि भर्जिन नै रहिन् । पछि डाक्टरसँग कुरा गर्दै जाँदा आफ्नो कमजोरी थाहा पाएपछि ती दम्पती लाजले रातोपिरो भएका थिए ।
तब पो डाक्टरले उनीहरूलाई गर्भाधारण गर्ने उपायबारे टन्नै टिप्स दिएर पठाए ।-एजेन्सी