किन हुन्छ यौनप्रति मानिसको आकर्षण ? कसरी बन्छ आनन्दको स्रोत यौन क्रिडा ?

अनलाइन दर्पण 2018-07-13
img

पूर्वीय दर्शनशास्त्रमा महर्षी वात्स्यायनको नाम सायद कमैलाई थाह छ । अथवा जिज्ञासा राख्ने जोकोहीलाई थाह हुन सक्छ । विश्वमै महर्षी वात्स्यायन नै यस्ता व्यक्ति हुन् जसले मानिसको मात्र हैन प्राणिहरुमै रहेको यौनिकतालाई वैज्ञानिक ढंगले व्याख्या गरे ।

उनले मानवीय यौनबारे जति राम्रो व्याख्या सायद आजसम्म अरुले गर्नै सकेका छन् । यौन चिनाउनेदेखि विभिन्न आसनहरुमा फरक फरक तरिकाले कसरी यौन क्रिडा गर्न सकिन्छ भन्नेबारे उनले नै व्यवस्थित तरिकाले प्रस्तुत गरेका हुन् ।

यौन सम्पर्कबारे

यौन वास्तवमा संसारमा सबै भन्दा धेरै आकर्षणको विषय हो । र धेरै नै रहस्यमय पनि र गोप्य पनि यौन र मानिसमा रहने यौनिकता नै हुन्छ । मानिस त्यसैले होला यौनसम्पर्कका लागि बढी नै आसक्त हुन्छ ।

त्यो कुन तत्व छ जसले मानिसलाई बढी यौनी बनाउँछ ? त्यो यौनिकता ।

यौन आकर्षणबारे मानिसमा फरक फरक दृष्टिकोण हुन सक्तछ । तर पनि सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौनसम्पर्क नै हुने गरेको यौन मनोवैज्ञानिकहरु बताउँछन् ।

यौनसम्पर्क नै संसारको सधैभरी सबैलाई सबै भन्दा आनन्द प्राप्त गर्ने एउटा अद्भूत क्रिया हो । तर सदुपयोगको हदभन्दा बढी हुँदा त्यसले मानिसलाई मानिस नबनाएर दानव पनि बनाएको त हामीलाई थाहै नहोला भन्न सकिन्न ।

यौन प्राकृतिक पनि

मानवलाई मात्र नभएर प्राणी जगत्का हरेक जीवका लागि यो आनन्दमय हुन्छ । र, यो प्राकृतिक र सन्तान उत्पादन गरी वंश निरन्तरताका लागि पनि अपरिहार्य पक्ष हो । सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ ।

मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्वपूर्ण कार्यभित्र यौन तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु भनेको बाँच्नका लागि हो ।

यौनको उद्देश्य आनन्द

प्राणीको लागि खानुको उद्देश्य मिठो (स्वाद) र आत्मा सन्तुष्टि पनि हो भने जस्तै यौन सम्पर्क पनि मानिसको सवालमा भने सन्तान उत्पादनका लागि नै भनेर सधै गरिने होइन धेरैको लागि त आनन्द र आत्मा सन्तुष्टि नै हो । किनकि प्रकृतिले चरम आनन्द आवस भनेर यौनाङ्गहरुलाई विशेष तन्तुहरुले बनाइ दिएको हुन्छ ।

सम्मानजनक र मर्यादित हुनु पर्छ यौन

कसैलाई करकाप वा यौन शोषणको रुपमा नभई, जवाफदेही र सुरक्षित यौनसम्पर्क नै वैज्ञानिक यौन सम्पर्कका पहिला आधार हुन् । सबै भन्दा महत्वपूर्ण कुरा यौन जोडी दुबै जना मानसिक रुपमा तयारी र मञ्जुर हुनु आवश्यक छ । यस्तो हुने अवस्थामा यौन सम्पर्क सन्तान उत्पादनका लागि मात्रै गरिदैन ।

आनन्द मात्र नभई शारीरिक र मानिसिक स्वास्थ्यका लागि पनि आनन्द प्राप्ति त छँदैछ । त्यसबाहेक तनावग्रस्त मानिसको मानसिक अवस्थाको उपचार पनि हो यौन । सही तरिकाले गरिएको यौन मानसिक स्वास्थ्यका साथै यसले शारीरिक स्वास्थ्यको समेत कारक बन्छ ।

मर्यादित र सुरक्षित यौन सम्पर्कले सबै भन्दा मुख्या कुरा त तनाव कम गराउँने कुरामा सबै विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौन स्वास्थ्य विज्ञानमा यौन सम्पर्कका केही विशेष फाइदाहरु निम्न अनुसारका भएको उल्लेख गरिएको पाइन्छ—

हप्तामा कमसेकम एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ ।

  • ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ ।
  • तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ ।
  • यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।
  • अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ । अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ ।
  • धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।
  • यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाइ पनि बलियो बनाउँदछ । यौन सम्पर्कले मानिसमा राम्रो निद्रा पर्छ जसले गर्दा शरीर स्वस्थ र स्फूर्त रहन्छ ।

युवतीलाई यौनसम्पर्क गर्नका लागि कसरी फकाउने ? जानी राखौँ

यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । भर्खरै गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि राजी बनाउने भन्ने बारेमा पत्ता लागेको छ ।

सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नुपर्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।

तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ ।

आपसी समझदारी वढाउन मद्दत मिल्छ । यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ ।

उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, पुठ्ठा, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन् ।

यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न । यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ । 

सम्बन्धित समाचार

Advertisement