सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ ।
यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
१) अंगालोको इशाराः
यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ ।
यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।
२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः
यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।
३) पार्टनरको नजिक आउनुः
जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।
४) तालमेल मिलाउनुः
राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् ।
रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।
याे पनि पढ्नुहाेस् :यौन सम्पर्क राख्दा शरीरमा के के हुन्छ ?
यौन मानिसको लागी अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकता पुरा गर्नका लागी हामीले निकै ध्यान दिनुपर्दछ ।
यौन सम्पर्क (SEXUAL INTERCOURSE) राख्दा शरीरमा के के हुन्छ ?
यौनसम्पर्कको सामान्यतया चार चरणहरू हुन्छन् उत्तेजना (Excitement), धारण (Plateau phase), चरम आनन्द (Orgasm), सम्पन्नता (Resoluton) को चरण ।
जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील हुन्छ । उत्तेजना हुँदा शरीरले एड्रिनलिन (Adrenaline) नामक हर्मोन बाहिर निकाल्छ । यसले मांशपेशीहरूलाई तन्काउँछ, श्वासप्रश्वासको गतिलाई बढाउँछ, रक्तप्रवाह बढ्छ र मुटुको धड्कनलाई छिटो र जोडदार बनाउँछ ।
शरीरमा उत्तेजना बढेर एकदम गर्मी भए जस्तो लाग्छ । पुरुषको लिङ्ग फुलेर दरो हुन थाल्छ । अण्डकोषको छाला बाक्लो हुँदा सोहोरिएर शरीरमा टांसिन्छ । महिलाको स्तन भरिएर मुन्टो कडा हुन्छ । रक्तप्रवाह बढ्नाले योनीबाट चिप्लो पदार्थ बग्न थाल्छ । योनीका बाहिरी भाग भित्र पस्छन् र भित्री भाग फुलेर पैmलिन जान्छ । उत्तेजित भएको बेलामा भगाङ्कुर (Clitoris) को लम्बाइ र त्यसको आकार बढ्छ । लिङ्ग अटाउने गरी योनीको आकारमा वृद्धि हुन्छ । यो उत्तेजनाको चरण हो ।
त्यसपछि रक्तप्रवाह बढ्नाले लिङ्गको आकार बढ्छ र यसको रङ पनि गाढा बैजनी हुन्छ । योनीको भित्री भाग र स्तन दुवै फुल्दै जान्छन् । लिङ्गको घर्षणले गर्दा योनीमा दबाब बढ्छ र उत्तेजना प्रभावकारी हुन्छ । आँखाका नानीहरू फैलन थाल्छन्, श्वासप्रश्वासको गति बढ्नुको साथै नाकका पोरा फुलेर घाँटीको नसा स्पष्ट देखिन थाल्छ । यो धारणको चरण हो ।
धारणपछि चरम आनन्द प्राप्त हुन्छ । यति खेर अँगालो हाल्ने वा शरीरमा सुमसुम्याउने क्रियाकलाप एकदम बढेको हुन्छ र त्यसको लक्ष्यचाहिँ यौनसम्पर्कलाई तीव्र बनाउनु हो । मांशपेशीहरू कस्सिएका हुन्छन् र उत्तेजना जननेन्द्रियतर्फ केन्द्रित हुन्छ । बिस्तारै यो उत्तेजना सारा शरीरमा पैmलिन थाल्दछ । चरम आनन्द हुँदाखेरि मांशपेशीहरू स्वयं खुम्चिन्छन् । चरम आनन्दको अन्तिम अवस्थामा पुरुषको वीर्य स्खलन हुन्छ । पुरुषको बीर्य स्खलन हुनुभन्दा पहिले नै स्त्रीलाई चरम आनन्द प्राप्त भएन भने सम्पूर्ण यौनसम्पर्क क्रिया नै अपूर्ण हुन्छ । त्यसैले पुरुषले यौनसम्पर्क गर्दा स्त्रीलाई चरम आनन्द भइसकेको छ–छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।
चरम आनन्दपश्चात् स्त्री– पुरुष दुवैलाई थाकेको अनुभूति हुन्छ । खडा भएको लिङ्ग बिस्तारैबिस्तारै शिथिल हुँदै गएर पहिलेकै अवस्थामा आउँछ । पिसाब गर्न मन लाग्छ । स्त्रीको योनी पनि बिस्तारैबिस्तारै आफ्नो पहिलेकै स्थितिमा आउँछ । भगाङ्कुर २० सेकेन्डमा र पाठेघर २० मिनेटमा आफ्नो सामान्य अवस्थामा आउँछन् जुन सम्पन्नता (Resoluton) को चरण हो