कृषि बीमाका लागि कम्पनी तोकियो, हेर्नुहोस कुन जिल्लामा, कुन बीमा कम्पनी

अनलाइन दर्पण 2020-01-08
img

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई जिल्ला तोकेर बाली तथा पशुपंक्षी बीमाका लागि काम गर्न निर्देशन दिएको छ। बाली तथा पशुपंक्षी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरूलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले ७७ जिल्लामा तोकेरै बीमा कम्पनीहरूलाई जान निर्देशन दिएको बताए। काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन्। उनले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरूलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए।

त्यस्तै समितिले बीमा कम्पनीहरूलाई गाउँगाउँमा घुम्ती सेवामार्फत् कृषि, बाली तथा पशुपंक्षी बीमासम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ। सरकारले कृषि तथा पशुपंक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ।

कुन जिल्लामा, कुन बीमा कम्पनी :

सम्बन्धित समाचार

Advertisement