अंगद यादव/नवलपरासी पश्चिम २३ चैत्र ।
नवलपरासी पश्चिमकाे प्रतापपुर गाउपालिका वडा नं.- ९ बेलाटारी र सुस्ता गाउपालिको बडा नं.-२ फेनहरामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।
सरसफाइ कार्यक्रममा सहभागी भएका प्रदेश संसाद अजय शाहीले धन्यबाद दिदै गाउघरबाट शुरु गरिएको सफाइबाट देश नै सफा स्वच्छ हुने र स्वच्छ भए कुनै प्रकारको रोग नलाग्ने भने । यो कार्यक्रमले नगर सफा राख्नु पर्दछ भन्ने सकारात्मक सन्देश समाजमा दिएको र स्वस्थ्य रहनको लागि सरसफाइ जरुरी रहेको प्रदेशसभा सदस्य शाहीले बताएका छन्।
गाउघरलाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यका लागि बृहत सरसफाइ कार्यक्रममा सहभागी भएको प्रतापपुर गाउपालिका वडा नं.-९ को वडाध्यक्ष हेमेन्द्र कुमार पंजियार(मनोज)ले बताए ।
हर प्रहर,गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी नाराको साथ इलाका प्रहरी बेलाटारी नवलपरासी पश्चिमद्वारा समुदाय-प्रहरी साझेदारी सरसफाइ कार्यक्रममा प्रतापपुर र सुस्ताको वडामा रहेको बाजारमा बृहत सरसफाइ कार्यक्रम गरिएको इलाका प्रहरी बेलाटारीको प्रहरी सहायक निरिक्षक प्रकाश श्रीमल्ल क्षेत्रीले सुस्ताको बताउनु भएको छ ।
गाउघरलाई सफा पार्ने र हरेक ब्यक्तिमा सरसफाइ बारे जनचेतना फैलाउने उदेश्यले सरसफाइ कार्यक्रम गरिएकाे श्रीमल्लले भन्नु भएको छ । सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय बेलाटारीको टोली तथा स्थानिय जनताहरुको उपस्थिती रहेको थियो ।