सुस्तामा बृहत सरसफाइ कार्यक्रम

अनलाइन दर्पण 2018-09-15
img

  अंगद यादव

नवलपरासीको पश्चिमकाे सुस्ता गाउपालिका वडा नं.- २ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।

साझा समस्या साझा कार्यक्रम सफा नेपालका लागि सबै जुटौ नाराको साथ लायन्स क्लब अफ नवलपरासी सुस्ता द्वारा सुस्ता गाउपालिकामा रहेको पर्यटकीय धार्मिक स्थल चुहाडी मन्दिर र बालपुरी मठमा गरेको बृहत सरसफाइ कार्यक्रम गरिएको लायन्स क्लब अफ नवलपरासी सुस्ताको अध्यक्ष ज्ञानप्रसाद पाठक बताएका छन ।

सुस्ता गाउपालिकालाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यका लागि गरिएको बृहत सरसफाइ कार्यक्रममा सहभागी भएका विभिन्न संघ संस्थाहरूलाई सराहना गर्नु भएका सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले धन्यवाद व्यक्त पनि गर्नु भएको थियो ।

गाउघरलाई सफा पार्ने र हरेक ब्यक्तिमा सरसफाइ बारे जनचेतना फैलाउने उदेश्यले सरसफाइ कार्यक्रम गरिएकाे क्लबका अध्यक्ष पाठकले भन्नु भयाे ।

सरसफाई कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ नवलपरासी,शान्ति र परिवर्तनका लागि सामाजीक संस्था, बाल्मिकी जनकल्याण यूवा क्लब महलबारी, सक्षम महलबारी यूवा क्लव महलबारी, बालपुरी जनकल्याण सदन, जनकल्याण यूवा क्लव गुदरीया, कुमारवर्ती यूवा क्लव सतपत्ति, जीवन दिप यूवा क्लव कुडिया आयोजक संस्थाको रुपमा रहेका थिए ।

सम्बन्धित समाचार

Advertisement