सैनिकले जित्याे ब्रिजवाटर कप

अनलाइन दर्पण 2020-01-01
img

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, १२ पाैष । मंसिर २९ गतेदेखि काठमाण्डौको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले मध्यपुर युथ एसाेसियसन सँगकाे सहकार्यमा  सानोठिमीस्थित मध्यपुर युथ एसाेसियसनकाे खेलमैदानमा आयोजना गरेको ब्रिजवाटर कप -२०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटवल प्रतियोगिताको उपाधि भक्तपुरको सैनिक आवासीय महाविद्यालयले जित्न सफल भएकाे छ ।

आज भएकाे फाइनल खेलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि जितेकाे हो। सैनिकको जीतको लागि बिश्रान्त बस्नेतले दुई गोल गरे भने अर्को गोल कप्तान पुकार भण्डारीले थपे।

प्रथम पुरस्कार १ लाख 

प्रतियाेगीतामा प्रथम हुने सैनिक आवासीय महाविद्यालयलाइ समापन समारेहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले १ लाख काे चेक र एवार्ड सहित सम्मान गर्नुभएकाे थियाे ।

त्यस्तै गरी दाेश्राे हुन सफलसाइपाल एकेडेमीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले  ५० हजार काे चेक र एवार्ड सहित सम्मान गर्नुभएकाे थियाे ।

ब्रिजवाटर कप -२०१९ प्रतियाेगीताकाे फेयर प्ले  (Fair Play) काे अवार्ड काैशलटारस्थित आदर्श जनप्रेमीले जित्न सफल भएकाे छ । विजयी टिमलाइ मध्यपुर थिमी नगरपािलकाका प्रमुख मदन सुन्दर श्रेषठले अवार्ड सहित सम्मान गर्नु भएकाे थियाे ।

त्यसैगरि प्रतियाेगीताकाे बेस्ट गाेलकिपर (Best Gaol Keeper) काे अवार्ड सैनिक आवासीय महाविद्यालयका आशिष बस्नेत, बेस्ट डिफेन्डर (Best Defender) काे अवार्ड सैनिककै बिश्रान्त बस्नेत र बेस्ट मिडफिल्डर (Best Midfilder) काे अवार्ड पनि सैनिककै कमल गुरुङले हात पार्न सफल भए ।

त्यसैगरि प्रतियोगीताको बेस्ट प्लेयर (Best Player) साईपालका सन्जिब लामा, बेस्ट स्ट्राइकर (Best Stryker) ब्रिजवाटरका प्यारजंग राइले प्राप्त हर्न सफल भए । त्यसैगरी प्रतियोगीतामा बेस्ट कोच (Best Coach) को एवार्ड  बाबुकाजी धौबन्जारले प्राप्त गर्नु भएको थियो ।

समापन समारोह ब्रिजवाटर कलेजका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता सम्पन्न भएको थियो । 

एक तह एक खेल ग्राम : मन्त्री विक

प्रतियाेगीताकाे  विजयी खेलाडी लाइ पुरस्कार वितरण गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद तथा खेलाडीहरुको विकास लागि देशका ७५३ वटै स्थानीय तहमा एक-एक खेलग्राम निर्माण गर्ने अवधारणा अनुसार मन्त्रालयले काम गरिरहेको बताउनुभएकाे छ।

देशका सातै प्रदेशमा एकएक वटा सुविधासम्पन्न रंगशालासमेत निर्माण गरिने उनको भनाइ थियो। यसको लागि भक्तपुरमा समेत सुविधासम्पन्न रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री विकले जानकारी दिए।

‘अब खेलाडीले खेलकुदमा लागेर निराश हुनुपर्ने अवस्था आउने छैन’, उनले भने, ‘सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ।’

उनले खेलकुदमार्फत देशको गौरव बढाउन सकिन्छ भन्ने उदाहरण हालै सकिएको तेर्‍हौं साग खेलकुदबाट पुष्टि भइसकेको जिकिर गरे।

 

 

सम्बन्धित समाचार

Advertisement