ब्रिज वाटर कप:विनायक,लिटल एन्जल्स र बृजवाटर विजयी

अनलाइन दर्पण 2020-01-01
img

सिनामंगलस्थित बृज वाटर इनटरनेसनल कलेजद्वारा आयाेजित `बृजवाटर कप २०१९ काे आज पौष ४ गते भएकाे पहिलाे खेलमा विनायक शिक्षा निकेतनले काेटेश्वर मल्टिपल क्याम्पसलाई ११-१ ले जित हाँसिल गरेकाे छ।साे खेलका म्यान अफ दि म्याच विनायक शिक्षा निकेतनका सुनेश था श्रेष्ठलाई रेन्बाे इङलिस स्कुलका प्रिन्सिपल विनाेद काफ्लेले अवार्ड हस्तान्तरण गर्नु भएकाे थियाे। यसैगरी आजै भएकाे दाेस्राे खेलमा लिटिल एन्जल्स स्कुलले लिभरपुल इन्टरनेसनल कलेजलाई २-० ले पराजित गरेकाे छ। साे खेलका म्यान अफ दि म्याच लिटिल एन्जल्स स्कुलका दिनेश ठकुरीलाई क्रियटिभ लरनर्स एकेडेमीका प्रिन्सिपल कृष्णहरि धवा श्रेष्ठले अवार्ड हस्तान्तरण गर्नुभएको थियाे।यसैगरी आजै भएकाे अर्को खेलमा बृजवाटर इन्टरनेसनल कलेज र जेभियर इन्टरनेशनल कलेजकाे प्रि क्टवाटरफाइनलमा बृजवाटरले ३-० ले जित हात पारेकाे छ।साे खेलमा शुभराज महत म्यान अफ दि म्याच भएका थिए।उनलाई करीयर बिल्डिङ इन्टरनेसनल स्कुलका अध्यक्ष तेज नारायण श्रेष्ठले अवार्ड हस्तान्तरण गर्नुभएकाे थियाे।
प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् ।फाइनल पुस १२ गते हुने आयाेजक बृजवाटर इन्टरनेसनल कजेजका प्रिन्सिपल तेज श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार

Advertisement