ब्रिज वाटर कप २०१९ काे दाेश्राे दिन ३ खेल सम्पन्न

अनलाइन दर्पण 2019-12-16
img

भक्तपुर, ३० मंसिर । मध्यपुर थिमी सानोठिमीस्थित खेलमैदानमा आइतबारदेखि सुरु भएको ब्रिज वाटर कप २०१९ को दोश्रो दिन भएको तिन खेलमा  डिएभि कलेज, माइलस्टोन कलेज र ब्राइटफ़्युटर कलेज विजयी भएका छन् । 

डिएभि कलेज र नोबेल कलेजबीच भएको पहिलाे खेलमा निर्धारित समयमा दुवै टिमबाट १ - १ गोलमा बराबरी भएपछि  ट्राइबेकारमा डिएभि कलेजले नोबेल कलेजलाई ४ का बिरुद्ध ५ गोलले बिजयी हासिल गर्यो ।  त्यसैगरी आजै सम्पन्न दोश्रो खेलमा माइलस्टोन  कलेजले गान्धी आदर्शलाई ३ -० को गोल अन्तरले  पराजित गरेको छ । 

त्यसैगरी आजै भएको तेश्रो खेलमा ब्राइटफ़्युटर कलेजले युनाइटेड कलेजलाइ ४- १ को गोल अन्तरले  पराजित गरेको छ ।  
पहिलो खेलका डिएभि लकेजका अमन चौधरी,  दोश्रो खेलका माइल स्टोनका यमन राई र तेश्रो खेलमा ब्राइट फ्यूचरका खेलाडी मान्दिन अन्ग्चेपोले म्यान अफ दि म्याच हासिल गर्न सफल भए । 

भोलि तेश्रो दिन  हुने पहिलो खेलमा व्ह़ाइट हाउस कलेज र गोल्डेन गेट कलेज बीच हुनेछ भने   दोश्रो खेल क्याम्पियन कलेज र श्री सिद्धि मंगल बीच तथा तेश्रो र अन्तिम खेल सैनिक आवासीय महाविद्यालय र बानेश्वोर क्याम्पसबीच हुने आयोजकले जनाएको छ , 

सम्बन्धित समाचार

Advertisement