दिपावलीको अवसरमा ईर्खुमा छात्रा भलिबल र पुरुष फुटबल प्रतियोगिता हुने

अनलाइन दर्पण 2019-10-15
img

सिन्धुपाल्चाेक । चौतारा साँगाचोकगढी नगरपालिका ८ स्थित ईर्खुमा जिल्लास्तरीय मावि छात्रा भलिबल र नगरपालिकास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता हुन लागेको हो । 

ईर्खु स्पोर्टस क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको दुबै खेल विधामा प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार नगद २५ हजार र तेस्रो हुनेले नगद १२ हजार पाँच सय रुपैयाँ राखिएकाे आयोजकले जनाएको छ । साथै विजयी टिमलाइ ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

नेपाल हिल्फे वाइलिङग्रिस जर्मनको सहयाेगमा सम्पन्न हुन लागेकाे प्रतियोगिताको सह आयोजक ईर्खु माध्यमिक विद्यालय रहेको छ । ईर्खु खेल मैदानमा हुने उक्त प्रतियोगिता कात्तिक १५ बाट सुरु हुने  छ ।

प्रतियोगितामा सहभागी हुने टिमले कात्तिक १४ भित्रै टिम दर्ता गराइ सक्नुपर्ने छ । जिल्लामा रहेका भलिबल र फुटबल खेलाडीहरुको क्षमता अभिवृद्धि गराउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार

Advertisement