रामेछाप कप फुटसल प्रतियोगिता हुँदै

अनलाइन दर्पण 2019-09-18
img

काठमाडौं ।  रामेछाप काठमाण्डौ पत्रकार समाजको  आयोजनामा काठमाडौंमा फुटसल प्रतियोगीता हुने भएको छ। समाजले रामेछापबाट काठमाडौं आई विभिन्न पेशा व्यवसायमा संलग्न रहेका जिल्लाबासीबीच  परिचय गराउने र वृहत एकताको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। 

असोज ४ गते हुने फुटसल प्रतियोगीतामा हालसम्म १७ टिम दर्ता भैसकेको र बुधबार एक दिन टिम दर्ता गर्ने समय थप गरिएको आयोजकले बताएको छ। प्रतियोगितामा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तित्व, संघसंस्था, राजनीतिक दलहरू र व्यक्तिगत रुपमा समेतलाई आमन्त्रण गरिएको छ । खेलको माध्यमबाट जिल्लाबासीबीच नयाँ सम्बन्ध कायम हुनेछ विश्वास समाजको छ ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) ले अबलम्बन गर्दै आइरहेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को नियमअनुसार सञ्चालन हुने छ । सहभागी टोलीलाई विभिन्न समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिने छ । एउटा टिमबाट ५ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् भने बैकल्पिकसहित १० जना खेलाडीको नाम दर्ता हुनेछ । टिम व्यवस्थापक र प्रशिक्षकको नाम समेत दर्ता हुनेछ ।

प्रतियोगीता शान्तिनगर  फुटसलमा हुनेछ। 

प्रतियोगिताको पुरस्कार

प्रथम पुरस्कारः ट्रफी, प्रमाणपत्र र नगद २५ हजार
दोस्रो पुरस्कारः प्रमाणपत्र र नगद १५ हजार
तेस्राे पुरस्कारः प्रमाणपत्र र नगद १० हजार

साथै, प्रतियोगिताको एक उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ । नक आउट चरणका प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कृत गरिने छ ।

सम्बन्धित समाचार

Advertisement