नवलपरासी पश्चिम सुस्ता गाउपालिकामा वडा नं.-२ मा वडा स्तरीय युवा समन्वय समिति गठन भएको छ । सुस्ता वडा नंं.-२ को वडाध्यक्ष कृष्णलाल मुखियाको अध्यक्षतामा बसेको वडा स्तरीय युवा भेलावाट कमल अमात्य युवा समन्वय समिति सुस्ता-२ को अध्यक्षमा सर्वसहमत चयन भएको युवा संघ सुस्ताको संयोजक ज्ञान प्रसाद पाठकले जानकारी दिए ।
वडाको चौतरफी बिकास र रचनात्मक कार्यमा युवाहरूको अहम भूमिका रहेकोले गठित समितिलाई वडा कार्यालयबाट सहयोग गरिने वडाध्यक्ष कृष्णलाल मुखियाले प्रतिबद्ध गरेका छन ।
गठित समितिले वडामा युवाहरुको क्षमता विकास गर्न,खेलकूद क्रियाकलापमा संचालन गर्न, युवा शशक्तिकरणको माध्यमबाट वडा सकारात्मक सुधार ल्याउन वडा कार्यालय गाउपालिका लगायत अन्य निकायमा समन्वय गरि विभिन्न क्रियाकलाप संचालन गर्नका लागि समितिका अध्यक्ष कमल अमात्यले जानकारी गराएका छन ।
समितिको अध्यक्ष कमल अमात्य, उपाध्यक्ष पार्वती मुखिया, सचिव घनश्याम राय, सहसचिव चुरामणि सारु, कोषाध्यक्ष खरदारी चौधरी, सदस्य अनिल चौधरी, तिर्थ महतो, रामकृष्ण महतो, शुशान्त जर्धा मगर, सम्झना चौधरी र निषा खवास गरि ११ सदस्यीय समिति गठन गरिएको अध्यक्ष अमात्यले बताए ।