फीफा वल्र्ड कपको २१ औं संस्करण १४ जुनदेखि रुसमा सुरु हुन गइरहेको छ । फीफा वल्र्ड कप २०१८, रुसका विभिन्न १२ स्थानमा खेलाइने छ । यसपटक जम्मा ३२ टिमले सहभागिता जनाउँदै छन् । पछिल्लो समय पश्चिमा देशमा मात्रै नभएर अन्य देशहरुमा पनि फुटबलको ‘क्रेज’ बढ्दै गइरहेको छ । दर्शकहरुको संख्या बढ्दै गए पनि यो खेलका सबै नियम र यसमा प्रयोग गरिने शब्दावलीको पुरा अर्थ भने थोरैलाई मात्र थाहा हुन्छ । फुटबल खेलमा प्रयोग हुने शब्द र तीनको अर्थ यस्तो छ ।
अटैकर : एक यस्तो खेलाडी, जसको काम बललाई अगाडितर्फ पास गर्दै विपक्षी टिमको गोल पोस्टमा स्कोरका लागि अवसर बनाउनु ।
ब्याक हिल :फुटबललाई पछाडितर्फ धकेल्न कुर्कुच्चाको प्रयोग गर्नु ।
ब्याक पास : ब्याक पासको प्रयोग आफ्नै गोल पोस्टतर्फ गरिन्छ । आमरुपमा खेलाडीले आफ्नो टिमको गोलकिपरसम्म बललाई पुर्याउनको लागि यस्तो गरिन्छ । यसपछि खेल एक नयाँ शीराबाट सुरु हुन्छ ।
बेंडिंग द बल : बललाई हिर्काएर अफ सेन्टरसम्म लैजानु, ताकी त्यहीँबाट हिर्काएर बललाई गोल पोस्टसम्म पुर्याउन सकियोस ।
बायसाइकिल किक :खेलको क्रममा यो एक ‘मूव’ हो जसमा खेलाडी हावामा उफ्रेर बललाई टाउको भन्दा माथिबाट आफ्नो पछाडिपट्टी स्ट्राइक गर्छ ।
सेन्टर स्पट : खेल मैदानको सबैभन्दा बीचको भागलाई ‘सेन्टर अफ दि फिल्ड’ यानी ‘सेन्टर स्पट’ भनिन्छ । जहाँबाट खेलाडीले किकको सुरुवात गर्दछ ।
कनफेडरेशन :आफ्नो क्षेत्रमा फुटबलाको लागि जिम्मेदार संगठन ।
कर्नर फ्लैग :खेल मैदानलाई चिन्ह लगाउन चारैतर्फ लगाइएको झण्डा ।
कर्नर किक : यो कर्नरबाट प्रहार गरिने एकप्रकारको फ्री–किक हो । गोल लाइनबाट बल बाहिर गएपछि अन्तिममा जसको खुट्टामा बलले छोएको थियो उसकोविरुद्व फ्री–किक दिइन्छ ।
क्रस :लामो पास, जब एक कुनाबाट दोस्रो कुनामा रहेको आफ्नो साथीलाई खेलाडीले बल पुर्याउँछ ।
डिफेंडर : एक यस्तो खेलाडी, जसको काम विरोधी टिमको स्ट्राइकर्सलाई गोल गर्नबाट रोक्ने गर्छ ।
डाइरेक्ट फ्री किक : कुनै पनि खेलाडीको अवरोध विना निश्चित ठाउँबाट गोल पोस्टमा बललाई प्रहार गर्न पाउनु ।
ड्रिबल :गुड्दै गरेको बललाई नियन्त्रण गर्नुलाई ड्रिब्लिंग भनिन्छ ।
डमी रन :डिफेन्डरलाई झुक्याउनका लागि बलविना अगाडितर्फ दौडनु ।
फार पोस्ट :बल गोल पोस्टभन्दा निकै टाढा हुनु ।
फीफा :फीफाको पूरा नाम फेडरेशन इंटरनेशनल डी फुटबल एसोसिएशन हो ।
फाउल : नियमलाईलाई बेवास्ता गर्दै खेलको उलंघन गर्नु ।
फ्री–किक :कुनै खेलाडीको गल्तीले विपक्षी टिमको कमिटेड खेलाडीले पाउने किक नै फ्री–किक हो । फ्री–किक ‘डाइरेक्ट’ र ‘इनडाइरेक्ट’ दुबै हुन सक्छ ।
गिभ एन्ड गो :यस विधालाई १–२ को नामले पनि जानिन्छ । यसमा एक खेलाडीले आफ्नो साथी खेलाडीलाई बल पास गरेर अघि बढ्छ । यसपछि दोस्रो खेलाडीले बललाई केही अघि लैजान्छ अनि उसले बल फेरी पहिलेकै खेलाडीलाई पास गर्छ । गोल एरिया :गोल पोस्टअघिको सुरक्षीत आयातकार एरिया । यसलाई ‘सिक्स यार्ड बक्स’ पनि भनिन्छ ।
गोल किक :डिफेंडिंग टीमको खेलाडीले गोल पोस्टतर्फबाट पाउने किक । यसमा गोलकिपरलाई अधिकार हुन्छ कि उसले आफ्नो टिमको कुन खेलाडीलाई यो मौका दिन चाहन्छ । गोल लाइन :गोल पोस्टमा दुबैतर्फ खिचिएका रेखालाई गोल लाइन भनिन्छ ।
गोल माउथ :गोल पोस्टभन्दा अगाडिको भाग
गोलकिपर :बललाई आखिरी लाइनमा डिफेंड गर्ने खेलाडी । यो खेलाडीलाई बललाई हातले रोक्ने अधिकार हुन्छ ।
हेडर :बललाई पास गर्न टाउकोको प्रयोग गर्नु ।
इन स्विंगर :एक यस्तो प्रहार जसले बललाई हावामा स्विंग गर्दै सीधा गोल पोस्टमा पुर्याउन सक्छ ।
किक अफ :सेन्टर स्पटबाट किक अफको माध्यामले खेल सुरु हुन्छ । म्याचमा गोल भएपछि सेन्टर स्पटबाट किक अफ गरेपछि फेरी खेल सुरु हुन्छ ।
म्यान टू म्यान मार्किङ :डिफेंसिव टिमको एक यस्तो रणनीति जसमा हरेक अटैकिंग खेलाडीको पछाडि एक डिफेंसिव खेलाडी प्रयोग गर्नु ।
रेड कार्ड :खेलको दौरान कुनै गम्भीर गल्तीमा म्याच रेफ्रीले कसुरदार खेलाडीलाई सजाय दिनको लागि देखाइने रातो कार्ड । रातो कार्ड देखाएपछि खेलाडी मैदानबाट बाहिरिन पर्दछ । एउटै म्याचमा दुईपटक यल्लो कार्ड पाउने खेलाडीलाई पनि रेड कार्ड दिएर मैदान बाहिर पठाउन सकिन्छ ।
मिडफिल्डर:अटैकर्स र डिफेंडर्सको बीच खेल सम्हाल्ने जिम्मेदारी मिडफिल्डरको हुन्छ ।
नियरपोस्ट : बलको नजिकतर्फको पोस्ट ।
आब्सट्रक्शन :विपक्षी टिमको कुनै खेलाडीलाई रोक्नका लागि शरीरको गलत तरिकाले प्रयोग गर्नुलाई आब्सट्रक्सन भनिन्छ । यसमा विरोधी टिमको खेलाडीलाई फ्री–किक गर्ने मौका मिल्न सक्छ ।
अफसाइड ट्रैप : बललाई किक गरेर विपक्षी टिमको खेलाडीभन्दा अगाडीको खेलाडीतर्फ बल फाल्नुलाई अफसाइड ट्रेप भनिन्छ ।
वन टच पास :बललाई कुनै कन्ट्रोलविना एक टचका साथ साथी खेलाडीतर्फ फरवार्ड या ब्याकवार्ड गर्नु ।
आउट स्विंगर :यस्तो किक, जसले बललाई हावामा घुमाउँदै गोल पोस्टभन्दा टाढा पुर्याउनु ।
पेनाल्टी एरिया :गोल पोस्टअघिको एक यस्तो कोणको आकारको एरिया जुन गोलकिपरको अधिकार क्षेत्रमा पर्दछ । आमरुपमा यसको आकृतीको कारण यसलाई १८ यार्ड बक्स पनि भनिन्छ ।
पेनाल्टी स्पट : गोल पोस्ट भन्दा १२ यार्ड दूरीको एक यस्तो रेखा जहाँबाट पेनाल्टी किक दिने गरिन्छ
पेनाल्टी :खेलमा फल भएपछि विपक्षी टिमको खेलाडीलाई पेनाल्टी स्पटबाट गोल गर्ने मौका मिल्छ । यसका केबल गोल किपरले मात्र बललाई रोक्न पाउँछ ।
पिच :जुन फिल्डमा फुटबल खेल्ने गरिन्छ ।
रेड कार्ड :खेलको दौरान कुनै गम्भीर गल्तीमा म्याच रेफ्रीले कसुरदार खेलाडीलाई सजाय दिनको लागि देखाइने रातो कार्ड । रातो कार्ड देखाएपछि खेलाडी मैदानबाट बाहिरिन पर्दछ । एउटै म्याचमा दुईपटक यल्लो कार्ड पाउने खेलाडीलाई पनि रेड कार्ड दिएर मैदान बाहिर पठाउन सकिन्छ ।
यल्लो कार्ड:खेलाडीले खेलको उलंघन गरेपछि रेफ्रीले संबन्धित खेलाडीलाई दिने चेतावनी
जोन डिफेन्स :यसमा खेलाडीले फिल्डमा विपक्षी टिमको खेलाडीबाट बल खोस्नेभन्दा पनि कुनै एक ठाउँमा बसेर डिफेंस गर्ने गर्दछ ।