वल्र्डकपमा प्रयोग हुने फुटबलमा चिप्स् समेत जोडिएको बल : यस्ता छन् अन्य विशेषता

अनलाइन दर्पण 2018-06-07
img

१४ जुनबाट सुरु हुन गइरहेको फीफा वल्र्डकपको २१ औं संस्करण २१ जुलाईसम्म रसियामा खेलिने छ । यसपटकको विश्वकप फुटबलमा कुल आठ ग्रुप हुनेछन् । जसमा ३२ टिमले सहभागिता जनाउनेछन् । हरेक वल्र्डकफ सुरु हुनुभन्दा पहिले ती खेलहरुमा प्रयोग हुने ‘बल’ स्वभाविक रुपमा चर्चामा आउने गर्दछ । यसपटक पनि त्यस्तै भइरहेको छ । 

सन् १९३० बाट खेलिँदै आएको वल्र्डकपदेखि हालसम्म फुटबलमा कयौ प्रकारका बदलाव देखिएको छ । फुटबलको वल्र्डकपमा हुने यस्ता परिवर्तनलाई निकै चाखपूर्वक हेरिने गरिन्छ । सूत्रहरुलाई मान्ने हो भने यसपटकको वल्र्डकपमा कुनै साधारण ‘बल’ होइन बरु ‘हाईटेक’ फुटबलको प्रयोग गरिने छ ।

फुटबलमा जोडिएको छ चिप्स

फीफा वल्र्डकपमा यसपटक प्रयोग गरिने फुटबलमा एउटा हाइटेक चिप्स लगाइएको छ । यस चिप्सलाई मोवाइलसँग कनेक्ट गरेर खेलसँग जोडिएका महत्वपूर्ण आंकडा प्राप्त गर्न सकिने छ । यो फुटबललाई टेलस्टार– १८ नाम दिइएको छ जसलाई स्पोर्टस जगतको नामूद कम्पनी एडिडासले डिजाइन गरेको छ । विशेषज्ञहरुको भनाइलाई मान्ने हो भने सन् १९७० र १९७४ को वल्र्डकपमा पनि टेलस्टार ‘बल’को प्रयोग गरिएको थियो । १९७०को टेलस्टार ‘बल’ जस्तैगरी यसपटकको ‘बल’लाई पनि डिजाइन गरिएको छ । पुरानो टेलस्टार ‘बल’मा ३२ प्यानल थियो त्यही यो अत्याधुनिक फुटबलमा केबल ६ प्यानल छ । १९९४ को वल्र्डकपपछि पहिलोपटक फुटबलाई कालो र सेतो रंगमा डिजाइन गरिएको छ । 


पाकिस्तानले निर्माण गरेको छ फुटबल

प्रसंसकहरुलाई यो सुन्दा अचम्म लाग्ने छ कि टेलस्टार– १८ को निर्माण पाकिस्तानमा गरिएको छ । जसलाई एडिसास कम्पनीसँग मिलेर काम गर्ने कम्पनी फरवार्ड स्टोर्ट्सले बनाएको छ । यो फुटबलको अहिलेसम्म करिब ६ सयभन्दा ज्यादा खेलाडीहरुले टेस्ट गरेका छन् । 

‘थ्रिडी’ फुटबल


टेलस्टार– १८ को सतहलाई ‘थ्रिडी’ प्रविधिअनुरुप डिजाइन गरिएको छ । विशेषज्ञहरुको दाबी यो छ की, सामान्य फुटबलभन्दा यसलाई खेलाडीहरुले राम्रोसँग नियन्त्रण गर्न सक्नेछन् । तपाईहरुलाई थाहै होला एक म्याचमा ११ फुटबलको प्रयोग गरिन्छ । यसैगरी पुरै खेल अबधिभर करिब ७ सयभन्दा ज्यादा फुटबलको प्रयोग गरिन्छ । 

Related Post

Advertisement