महिला शशक्तिकरणका लागि उदयपुरमा ह्यान्डबल बितरण

अनलाइन दर्पण 2018-03-11
img

 रमिला बस्नेत /उदयपुर,२७ फाल्गुन ।                   
उदयपुरमा ह्यान्डबल बितरणकाे पहिलो चरण सम्पन्न भएकाे छ।उदयपुर ह्यान्डबल एकेडेमीको सहयाेगमा नेपाल ह्यान्डबल सँघकाे केन्द्रीय सदस्य राकेश राईले केन्द्रको तर्फबाट  उदयपुरको बिभिन्न   ठाउँमा ह्यान्डबलकाे गतिविधि अझ वू्हत बनाउन केन्द्रीय सँघकाे याेजना अनुरुप बिधालयहरुमा बल बितरण गरेका छन् ।     
महिला शसक्तिकरणका लागि ह्यान्डबल अपरिहार्य रहेकाे र ह्यान्डबल नेपालमा नपाइनाले,यदि पाइयतापनि फुटबलको तुलनामा यस्काे मुल्य तेब्बर पर्ने भएकाले नेपालमा ह्यान्डबल अाेझेल परेकाेले ह्यान्डबलखेललाई जगेर्ना गर्न पनि बल बितरण गरेकाे एकेडेमीका अध्यक्ष बिदुर राईले बताए ।।पहिलो चरणमा श्री ज्याेति उ.मा.वि ,कञ्चनजँगा ई.बाे.बिधालय ,पारुहाङ्ग एकेडेमी ,भुपु शैनिक शैक्षिक गुठि,जनता अादर्श मा.वि. कालि खाेला, जाल्पा मा.वि,र नारद अादर्श उ.मा.वि का बिध्यार्थि हरु छात्र तर्फ र छात्रा तर्फगरि प्रत्येक बिध्यालयमा २,२वटा बल बितरण गरेकाे हाे। 
बल बितरण गर्न राष्ट्रिय खेलाडी सुधाङ्सु श्रेष्ठ ,केन्द्रीय सदस्य राकेश राई,भुतपुर्व खेलाडी नेप्सु हाङ्ग राई,उदयपुर ह्यान्डबल एकेडेमीका अध्यक्ष बिदुर राई महिला प्रशिक्षक बिन्दा थापा, साथै ह्यान्डबल प्रेमि कुमार राई लगायतका बिशिस्ट ब्यक्तिहरु प्रत्येक बिधालय धाएर कार्यक्रम सम्पन्न गरेका हुन ।

सम्बन्धित समाचार

Advertisement