फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चलचित्र विकास बोर्डको चेतावनी

अनलाइन दर्पण 2024-10-04
img

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चेतावनी दिएकाे छ । बोर्डले एउटा सूचना जारी गरि कारबाहीकाे चेतावनी दिएकाे हाे । 

यसरी फिल्मको मुख्य अंशहरु अनाधिकृत दुरुपयोगबाट फिल्म निर्माताहरुको लगानी तथा सम्पूर्ण मेहनत डुब्न जाने अवस्था रहेकाले वोर्ड यस प्रति गम्भिर हुनुपरेकाे सूचनामा जनाइएकाे छ । 

अर्काको सिर्जना र सम्पतिको गैर कानूनी रुपमा विभिन्न डिजिटल माध्यमहरुमा अपलोड गर्नु कानुनी रुपमा दण्डनीय अपराध भएको बार्डले सूचनामा उल्लेख गरेकाे छ । यदि कसैले उक्त कार्य गरेको पाइएका प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्ता कामका लागि प्रयोग गरिएका उपकरण जफत गरिनुका साथै पाइरेसी गर्ने व्यक्तिलाई दण्ड,जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नु पर्ने चलचित्र बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement