केशव नेपाल
वारिको सुसेलो पारी गुन्जिन्थ्यो
पारिको सुसेलो वारि गुन्जिन्थ्यो
सुसेल्नु सुसेलाहरुको नियती थियो
वा बाध्यता ?
सुसेलोको चर्को आवाज सुन्न र देख्न
नचाहिने एकथान मानिसहरु
निन्याउरो देखिन्थे भने
सुसेल्नेहरु तछाड माछाड गर्दै थिए
वारिको ध्वनि पारी र पारीको ध्वानी वारि
सुसेल्याइको प्रवृत्ति
नालायक थियो
त्यसका म्यूख्य दर्शक त
लाजले निहुरी रहेका थिए
हेर्नेलाई भन्दा सुन्नेलाई सरम भै सकेको थियो
सबै आ आफ्नो अभिनयका पोख्त थिए
एकथान मानिसहरू
जिल्ल परे ।
-केशव नेपाल