‘कसो गरी भरौंला खै सपनाको झोली…’ भन्दै अमर (भिडियोसहित)

अनलाइन दर्पण 2021-04-15
img

काठमाडौं, वैशाख २ । गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘पोखिएछौ विदेशको जंगल सहर गल्ली
कसो गरी भरौंला खै सपनाको झोली !
मलायामा होस् कि कतै रेगिस्तानी पर्देश
अझै पनि उस्तै रैछ परदेशीको सन्देश !
ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथा
डोरी बाट पुग्ने हो कि बाकसमा कथा-बाकसमा कथा ।।

कसो गरी भरौंला खै सपनाको झोली’ गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गर्नुभएको छ ।

गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ ।

अन्नत तिमिलसिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्पर्शीरुपमा वैदेशिक रोजागरीको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

 

सम्बन्धित समाचार

Advertisement