अनलाइन डान्स कम्पिटिसन २०२० को उपाधि सगुनको हातमा

अनलाइन दर्पण 2020-11-04
img

श्रीकृष्ण बुढाथोकी। दोलखा। इन्नोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ प्रथम बन्न सफल भएकी छन् ।अनलाइन डान्स कम्पिटिसन २०२०´ नाम दिइएको उक्त प्रतियोगितामा विद्यालय उमेरका १ सय बढी प्रतियोगी सहभागी भएका आयोजकको भनाइ छ ।

प्रतियोगितामा प्रतिस्पर्धी रहेका १ सय बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जित्न सगुन सफल भएकी हुन् । उनी थिमीस्थित नवरत्न इङ्लिस स्कूलमा कक्षा नौमा अध्ययनरत छिन् ।

स्मरण रहोस उनले गत माघमा अमर कला केन्द्र कालिमाटीद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करणमा फस्ट रनर अपको उपाधी हात पारेकी थिइन् ।

अनलाइन डान्स कम्पिटिसन २०२० मा भने उनले टाइटल उपाधि नै हात पार्न सफल बनिन्। कमल राज , स्वजन रघुबंसी र महेश केसी निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगितामा अविनव श्रेष्ठ फस्ट रनर अप र गर्दिशा मल्ल सेकेन्ड रनर अप घोषित भएका थिए ।

 

सम्बन्धित समाचार