रञ्जिता शिबाकोटिको निर्देशनमा गजल "बहुलाएँ म" बजारमा आउँदै

अनलाइन दर्पण 2020-09-12
img

भक्तपुर। गजलकार बिकास प्रहरको गजल “बौलाएँ म” को म्यूजिक भिडियो छिट्टै बजारमा आउने भएको छ। रञ्जिता शिबाकोटीले निर्देशनमा बनेको उक्त म्यूजिक भिडियो  छिट्टै बजारमा आउने भएको छ। गजलमा संगीत र स्वर भने गजल गायक राज सागरको रहेको छ भने संगीत संयोजन किरण कणेलले गरेका छन् । 

गजलको म्यूजिक भिडियो आफ्नो पहिलो काम भएको बताउँदै भिडियो बनाउँन धेरै मेहनत गरिएकोले राम्रो बनेको जानकारी दिईन्। शिबाकोटीले ओ एस आरको अफिसियल यूट्युब च्यानलबाट केहीदिनमै बजारमा आउने समेत बताईन्।

म्यूजिक भिडियोमा सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। स्क्रिप्ट लेखन सागर  भट्टले गरेका छन्। निर्माण ब्यबस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भंडेल र अरुण खड्काले गरेका हुन्। म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन्।

भिडियोको सम्पादन कमलेस राजचलको रहेको छ।मुख्य भूमिकामा उपेन्द्र ढकाल रहेका छन् भने प्रकृति खतिवडाले नायिकाको भूमिका निभाएकी छन्।यस्तै आर्शु महर्जनले सहनायक र बिनिता पाण्डे,अरुण खड्का,सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन्।

गजलमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाईएको छ।प्रेमी प्रेमीका बीच सम्बन्धमा दुर्घटनाले भयाबह रुप लिएको छ।

अहिलेको समसामयीक स्थितिमा बिदेशमा नागरिकता पाएका जुनसुकै उमेरका केटाहरू माग्न आए पनि केटिहरूले प्रेम सम्बन्ध त्यागेर बिहे गरि बिदेश जाने बिकृतिलाई छर्लङ्ग पारिएको छ। 

सम्बन्धित समाचार