भक्तपुर । भक्तपुरमा आगामी मंसिर २० गते शुक्रबार चर्चित गाएक भि टेनको कन्सर्ट हुने भएको छ ।
ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा भई रहेको भक्तपुर मेला महोत्सव–२०७६ मा उनी आउने भएका छन् ।
विभिन्न चर्चिक गाएक एवं नृत्यका साथ उनले आफ्नो प्रस्तुती राख्ने छन् । हाल नेपाली बजारमा हामी यस्तै त होनी ब्रो बोलको गीत बाट निकै चर्चामा आएका गायक भक्तपुरमा आफ्नो पहिलो प्रस्तुती राख्न आउन लागेका हुन् ।
भिटेनको प्रस्तुती हेर्न चाहनेहरुले मेला स्थल महेश्वरी खेल मैदान अथवा संवाहक डटकम, दि टिसा इन दुधपाटी , ममता केन्द्र नेपाल ,मण्डला क्याफ सूर्यविनायक, डिजिटल प्रिन्ट लिंक कमलविनायक, छाता पोष्ट भत्केपाटी लगाएतका स्थानबाट टिकट पाउन सक्नु हुने छ ।
११ दिन सम्म चल्ने उक्त मेलामा प्रत्यक दिन विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राख्दै आउनु भएको छ ।
घरायसी सामान देखि विभिन्न लत्ता कपडा, इलेक्ट्रीक स्कुटीहरु लगाएतका सामग्री सहित रोटे पिंङ, विभिन्न जादु, मौतका कुवा,बालबालिकाका विभिन्न उद्यानहरु, विभिन्न खानाका परिकारहरु, नेवारी खाना, योमरी, चटामरी बारा लगाएत का खानाहरु, तामाङ परिकारहरु साथै तुम्वाको मज्जा मेलामा लिन सकिने छ ।
मेला आगामी मंसिर २३ गते सम्म चल्ने छ । मेलामा प्रत्यक सामानमा २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट समेत रहेको छ ।