कुलतमा फसे प्रकाश सपूत ( भिडियो हेर्नुहोस् )

अनलाइन दर्पण 2019-10-22
img

काठमाडौं / दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा बरिस्ठ सर्जक रमेश बिजीको मर्मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ ।

चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको यस गीतको भिडियोलाई निर्देशक शंकर बीसीले निर्देशन गरेका हुन् । सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन र अभिनय समेत गरिसकेका शंकर बिसी भन्छन् : अहिलेसम्मकै उत्कृष्ट भिडियो भित्र यो पनि पर्छ, “म राती भिडियो हेरेर रुँदै निदाएँ ।”

भिडियोमा अन्य कलाकारहरु मोनालिशा शर्मा, दीपक डि.बी, दीज्ञा महत, दपमर्श महत, खेम नेपालीले साथ दिएका छन् ।
दुर्गा पौडेलले खिचेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेर विन्धयाबासिनी म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो हेर्नुस् निकै मर्मस्पर्शी गीतको भिडियो

सम्बन्धित समाचार

Advertisement