कविता: राम्रो म 

अनलाइन दर्पण 2017-08-16
img

जाइगोटलाई फेटस बनाइ
निर्जिवलाई सजिव बनाइ
तिमीलाई मृत्यु शैयाको आभाष दिई 
प्रसवन हुँदा तिमीमा कत्तिपनि
दुखान्तक चेहरा थिएन
थियो त तिमीमा माया अनि मातृत्व
थियो त तिमीमा उत्साह अनि खुसी 
त्यो सजिव पिण्डलाई स्तनपान गर्न पाउँदा 
तिमीमा स्नेहका लहरहरू बयली खेल्दथे
रङ्मगिदै धानका बालाझै
सिकायौ 'आमा' भन्न अनि अरू अरू 
तर उसले आमालाई 'माँ' बनाइदिएछ
मायालाई छायाँ पारिदिएर
राम्रो 'म' को लेपन संगै 
आज त्यही तिम्रो खुसी नरभक्षी बन्यो 
तिमीलाई नै झम्टियो
भोकाएको बाघझै
तिम्रा स्तनहरू लुछ्दै
बलत्कार गरी रह्यो 
उसको यौवनतालाई छताछुल्ल पारी
तिम्रो छातीमा खेलिरहयो
तिमीमा नङका डोब लगाउँदै 
तर तिमीमा मौनता
रिजन तिमीमा 'मातृत्व ' उसमा राम्रो 'म'

- श्रीकृष्ण बुढाथोकी, दोलखा, हाल भक्तपुर 

सम्बन्धित समाचार

Advertisement