आयो ‘छक्का पञ्जा–३’ को ट्रेलर, हेरेर मज्जाले हास्नुस ! (भिडियो)

अनलाइन दर्पण 2018-09-22
img

काठमाडौं, ६ असोज । बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक भएको छ । युटुब च्यानल मार्फत सार्बजनिक गरेको उक्त ट्रेलरमा चलचित्रले पूर्ण रुपमा दर्शकलाई मनोरन्जन दिने संकेत गर्दछ ।

ट्रेलरको सुरुवातीमा उल्कै हसाएपनि कहि कतै सेन्टिमेन्टल भाव समेत प्रस्तुत गरिएको छ । ट्रेलरमा देशको विद्यमान परिस्थीतिमा राजनीतिले परेको असर बारे प्रस्तुत गरिएको छ । चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाईं, प्रियंका कार्की, केदार प्रसाद घिमिरे (माग्ने वुढा), जितु नेपाल (मुन्द्रे), नीर शाह, शिवहरी पौडेल, बुद्धि तामाङ (हैट) लगायतको दमदार अभिनय रहेको छ ।

चलचित्रको ट्रेलरमा प्रायः अरु सबै कलाकारलाई देखाईएको भएपनि नायिका प्रियंका कार्कीलाई भने देखाईएको छैन् । चलचित्र दशैको घटस्थापना देखि प्रदर्शनमा आउँने फिल्मकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् ।

सम्बन्धित समाचार

Advertisement