सपनीमा आउनेलाई सम्हालेर राख्दै प्रियंका

अनलाइन दर्पण 2018-02-19
img

काठमाडौं। नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ ।

महाराज थापाको एरेन्जमा तयार भएको उक्त गीतको भिडियो अत्यन्त उत्कृष्ट बनेको निर्माणकर्ताको दावी छ । भिडियोलाई सुदिप बरालले छायाङकन गरेका हुन्, भने अर्जुन जिसीको सम्पादन रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा काठमाडौंको मुलपानीमा रहेको गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको छ ।

हेर्नुस भिडियाे:

सम्बन्धित समाचार

Advertisement