ध्रुब बन्जाडे
हरियो पासपोर्ट बोकेर अन्तर्रास्ट्रिय बिमानस्थल छिर्ने बितिकै मेरो मनमा जापानका दृश्यहरुले कब्जा जमाउन थालेका थिए ।
आहा ! त्यो प्लेनमा बसेर बादललाइ नियाल्दै कल्पना गरेको जापान क्या गजब् थियो।
मलाई फेरी पनि त्यही कल्पना मा फर्किन मन लाग्छ । जापान छिरेको एक हप्ता सम्म ठुला ठुला बिल्डिङ समुन्द्री हावा अनी बाटोभरी हिंडेका सुन्दरी पनि नराम्रो लागेको त कहाँ हो र !
तर त्यसको केही दिनमा कलेजले लगाइदिएको काम, साथीले लगाइदिएको काम अनी एउटा आफन्तले लगाइदिएको काम पालै पालो सकेर जब म कलेज् पुग्थें मेरो शरीरले रङ बदलिसकेको हुन्थ्यो।
धारणाहरु आफ्नो अडानमा भएपनी शरीरले आफ्नो धर्म बिर्सिन्थ्यो । त्यो भाबलाई म कसरी बिष्लेशण गरुं दोष पनि त कसैलाई दिन सक्दिन । आफुले जबर्जस्ती गरेको निर्णय थियो ।
बिदेशमा केही गर्छु भनेर जापान छिरेको म आफ्नो भबिस्य नै अन्योल देखिरहेको थिए । तर जब मैले भाषा सिकेर आँफै खोजेको काम गर्न थालें तब मेरा सपनाका बिरुवाहरु फेरी पलाउन थाले । मलाई लाग्न थाल्यो जापान गलत होइन हाम्रो सोच गलत रहेछ ।
हामी नेपालीहरु बिदेश छिर्ने बितिकै पैसा बोटमै फल्छ जस्तो सोच्छौं तर सत्यता अर्कै हुँदा हामीलाई हल्का त्रास लागेको मात्रै हो । बसेर खान त कहाँ पाईन्छ र ! जापानिजहरु ४ घण्टा सुतेर काम गरेको देख्दा मलाई लाग्न थाल्यो हामी नेपाली नीकै फुर्सदिला हुँदा रहेछौं !
सायद् यो सब सरकारको कमजोरी पनि हुन सक्छ । आजकाल मलाई काममै रमाउने बानी परेको छ ।हप्तामा बिदा हुँदा साथीलाई भेट्न पाइएकै छ । पैसा को पनि त्यती सारो कमी हुँदैन । त्यसैले आजकाल मनलाई समालेर काम् अनी कलेज दुबै रमाइलो तरिकाले बिताएको छु ।
आजकाल मलाई जापान नराम्रो लाग्दैन बस मैले कल्पना गलत् तरिकाले गरेको रहेछु जस्तो लाग्छ ।हामीले जापानबाट केही सिकेर नेपाल फर्किनु पर्छ ।
#जय देश #
ध्रुब बन्जाडे,
टोक्यो जापान ।