शिक्षिका अापगाँई
कसैको विश्वास अनि कसैसँग सम्बन्ध जोडिन्छन् यहाँ
आफ्नै छोराबाट बाबुआमाको मन तोडिन्छन् यहाँ ।
बिर्सन्छन् बचपनमा त्यहि आमाको सारिको फेर समाउँदै हिडेको
जब ठुला हुन्छन् अनि बाबुआमाको साथ छोडिन्छन् यहाँ ।
जति नै शिक्षितको पगरी गुथेको होस् न धेरै
बुढेसकालमा त सँगै हिडेको बाटो नै मोडिन्छन् यहाँ ।
जब पाखुरीमा बल अनि सम्झनाका नाउँका हरेक कुरा बिर्सन्छन् नि
हो त्यतिबेलै बाबुआमाका आशाका ढुकुटीहरु फोडिन्छन् यहाँ ।
आफ्नै कोखबाट जन्म दिएको छोराले जब वूद्धा आश्रम पुर्याउछ नि ??
त्यति बेला लाग्छ , मरुभुमिमा आशका विरुवाहरु गोडिन्छन् यहाँ ।