सुशील कार्की
दोलखा ,पौष २३ I नेकपा(एमाले ) को देशै भरी जिल्ला सम्मेलन गर्ने कार्यक्रम अन्तरगत दोलखा जिल्लाको सम्मेलनको खुल्ला सत्र सम्पन्न भएको छ । कार्यक्रममा नेकपा(एमाले)को पोलिटब्युरो सदस्य द्वय आनंद पोख्रेल र पार्बत गुरुङ र इस्वरी रिजाल लगाएत केन्द्रिय सदस्य सरस्वती बस्नेत एबम लेखा आयोग सदस्य सान्ती पाखृन लगाएत नेताको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन जिल्ला सचिब भरत दुलालले गरेको थिए भने स्वागत मन्तब्य जिल्ला उपाध्यक्ष नर बहादुर श्रेष्ठले गर्नु भएको थियो भने धन्यवाद मन्तव्य जिल्ला उप सचीव डबल पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि आनन्द पोख्रेलले सबैको भावना समेटिएको र अब हुने तिनै तहको निर्बाचनलाई हाक्न सक्ने नेतृत्व चुनिनु पर्ने बताउनु भयो ।
त्यस्तै पार्बत गुरुङका अनुसार पार्टीको केन्द्रीय सर्कुलर र जिल्ला कमिटीको बैठक बाट भएको निर्णयलाई आत्मसात गर्न सक्ने गरि जाने बाताबरण बनाउदै बन्द सत्रमा अनुभवी नेतृत्व र बौद्धिकता र सामाजिक कार्य र राजनीतिक कार्यमा सम्मान सहभागी युवा सहितको जिल्ला नेतृत्व निर्बाचित गराउने अवस्थाको सृजना बन्दसत्रमा सहभागी प्रतिनिधिले गर्नु पर्ने बताउनु भयो ।
जिल्ला सम्मेलनमा करिब ८०० प्रतिनिधि सहभागी हुने जानकारी जिल्ला सम्मेलनका प्रत्यासी उम्मेद्बार सुजन शिवाकोटी ले बताउनु भयो ।
दोलखा -काठमाडौ सम्पर्क मंचका अध्यक्ष गणेश शिवाकोटीका अनुसार काठमाडौ बाट २१ जना प्रतिनिधिहरु सम्मेलन सफल बनाउन आएको र सम्पर्क मंचका मातहतमा रहेका कमिटीमा काम गरेर पुन दोलखाको भूगोलको काममा जोडिएका करिब २०० जना प्रतिनिधि आएका बताउनु भयो उहाँ पनि जिल्ला कमिटी प्रत्यासी उम्मेदवार हुनुहुन्छ ।