काठमाडौमा बस्ने दोलखाली एमालेको भेला सम्पन्न

अनलाइन दर्पण 2021-09-13
img

  सन्तोष दाहाल

काठमाडौ,भाद्र २६ ।  नेकपा(एमाले) को केन्द्रिय महासचिव इस्वर पोखरेलको प्रमुख आतिथ्यमा दोलखा -काठमाडौ सम्पर्क मन्चको बृहत अगुवा कार्यकर्ता भेला एबम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक हप्ता अगाडि देखि सुरु भएको वडा स्तरीय एबम गापालिका स्तरीय कमिटीको गठन सम्पन्न गरेर सपथ ग्रहण एबम प्रशिक्षण कार्यक्रम गरेको हो ।

करिब २५००\ ३००० जना  कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रम उत्साह पुर्बक रहेको कार्यक्रमका सभापति एबम मन्चका अध्यक्ष गणेश शिवाकोटीले बताउनु भयो ।

त्यस्तै उक्त कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नका लागि गाउपालिका ,नगरपालिकाको प्रमुख \ उप- प्रमुख वडा अध्यक्ष  जनपप्रतिनिधी विशेष प्रतिनिधि सभाका सभासद पुर्ब मन्त्री  पार्बत गुरुङको कुसल सम्वन्यनकारी भुमिकाले गर्दा सफल भएको कार्यक्रमका धन्यवाद दिनु हुने मन्चका नेता उमेश खड्काले बताउनु भयो ।

कार्यक्रमको सन्चालन  मन्चको स-सचिब शेखर बस्नेत ले गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथी पुर्ब सूचना तथा प्रबिधि मन्त्री पार्बत गुरुङ, पुर्ब मन्त्री एबम बागमती प्रदेस पार्टी प्रमुख आन्नद पोखरेल,दोलखा जिल्ला अध्यक्ष इस्वर चन्द्र पोख्रेल , जिल्ला समन्वय प्रमुख डबल पाण्डे  ,भिमेस्वर नगरपालिका प्रमुख भरत के सि लगाएत नेताहरुको उपस्तिथि रहेको थियो ।बागमती प्रदेश अर्थ मन्त्री रचना खड्का पनि कार्यक्रममा सहभागी भइ आफ्नो प्रशिक्षणत्मक मनतब्य राख्नु भएको थियो ।

दोलखा बाट काठमाडौं आइ बसोबास गर्ने बासिन्दाहरु को भेला  भएको छ उक्त भेलामा केन्द्रिय सदस्य इस्वरी रिजाल , गौरीशंकर गाउपालिका प्रमुख सोयम बहादुर खड्का ,प्रदेश सभासद एबम प्रदेशको पुर्ब मन्त्री सरस्वती बस्नेत ,मेलुङ गाउपालिका प्रमुख नर बहादुर श्रेष्ठ गौरीशंकर गाउपालिकाको नेता जङ्ग गुरुङ ,युवा संघको नेता महाराज गुरुङ ,राजेश श्रेष्ठ ,अनेरास्ववियुका नेता सुदर्शन शिवाकोटी ,उमेश आचार्य ,अभिषेक सुवेदी ,रमेश श्रेष्ठ र दोलखा -काठमाडौ सम्पर्क मन्चको पुर्ब अध्यक्ष कृष्ण श्रेष्ठ   लगाएत खेलकुद महासंघको नेता तिर्थ खड्का लगाएत नेताहरुको सह भागिता रहेको थियो ।

विशेष अतिथि पार्बत गुरुङले एकता बद्द एमाले र दोलखा को समृद्दिका लागि सबै बिच सहकार्य अहिले को आवश्यकता रहेको बताउनु भयो त्यस्तै समुर्ण नेताकार्यकर्तालाई पार्टी फुटमा नलाग्न र आवश्यकताका आधारमा सबैलाइ समेटेर लाने र कार्यकर्तालाई जिम्मेवार बनाउन जिल्ला नेतृत्व लाग्ने बताउनु भयो ।त्यस्तै विशेष अतिथि आनन्द पोखरेलले पनि नेकपा (एमाले )नौ महाधिवेशनको लाइनमा अगाडि बढेको र त्यस महाधिवेशनको लाइन अनुसार चल्न नसकेका साथीहरू ले आफ्नो बाटो रोज्नु भएको बताउनु भयो ।

पार्टी अध्यक्ष इस्वर चन्द्र पोखरेलले दोलखाको पार्टीलाई संकटको समयमा र निर्बाचनको बेलामा माहोल ल्याउन र बिजय गराउन दोलखा बाट काठमाडौ आइ बसोबास गर्ने बौद्धिक बर्गको उल्लेख्य भुमिका रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी इस्वर पोखरेलले पार्टीमा समय -समयमा समस्या आउने गरेका छन तर ती समस्याको समाधान कार्यकर्ता पंक्तिले एकता बद्द भएर सम्धान गरेकाले अहिले सम्म पार्टी जिबन्त रहेको बताउनु भयो ।

कार्यक्रमको सहभागीतालाई समपुर्ण नेतृत्वले सम्पर्क मन्चको कार्यक्रम उल्लेख्य रहेको र भब्य र सफल भएको युवा नेता राजेस श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement