नेपाल कम्युनिस्ट पार्टीको(नेकपा) पुर्ण एकतामा भएको स्वार्थको अल्झन

अनलाइन दर्पण 2020-10-29
img

  सुरेश प्रसाद निरौला

शुरेस प्रसाद निरौला,काठमाडौ ,कार्तिक १४बिभिन्न खाले पद, प्रतिष्ठा र आ-आफ्नै स्वार्थमा बेरिएको आजको नेकपा :- 
(क) पूर्व एमाले :- 
पार्टीको परिस्थिति राम्रो नराम्रो जे जस्तो भएपनी कमरेड पुष्पलालले २००६ सालमा स्थापना गरि पुर्बिय कोर्डीनेशन कमुनिस्ट समूहको नामले परिचित पूर्व माले कालका संस्थापक महासचिव क. सिपी मैनाली, क. झलनाथ खनाल, क. मदन कुमार भण्डारी, क. माधब कुमार नेपाल, क. मनमोहन अधिकारी, पुन: क. माधब कुमार नेपाल, क. झलनाथ खनाल हुदै नवौ महाधिबेसनबाट क. केपी शर्मा ओलीले माले-एमालेलाई नेतृत्व प्रदान गर्दै आउनु भयको कुरा सर्ब-बिधितै छ I समय र परिस्थिति अनुसार पार्टी भित्र कहिले कहिँ अप्ठ्यारो पर्दा पार्टी भित्र नेतृत्व दिनु हुने अन्य अगुवा कमरेडहरु पनि हुनुहुन्छ जसको नाम हाल मैले उल्लेख गर्न चाहिन I 
(ख) हाम्रो पार्टी भित्र पहिलो महाधिबेसन देखि आठौ महाधिबेसन सम्म आइपुग्दा पार्टी भित्र धेरै उतार चडावहरु आए, पार्टी फुट्न पनि पुग्यो र पार्टी जुट्न पनि सक्यो I जननेता कमरेड मदन कुमार भण्डारी द्वारा प्रतिपादित "जनताको बहुदलीय जनबाद " "जबज" को नीतिले नै पूर्व एमाले यो तह र तप्का सम्म आइपुग्न सफल भयो I कसैले यस कुरालाई आत्मासाथ गरोस वा नगरोस, यो घाम जतिकै छर्लंग छ तर जे होस् एमालेले कहिले एकल त् कहिले मिलिजुली सत्तामा वा प्रतिपक्ष्मा बसी नै रह्यो I यता जनता र राष्ट्रको सामुमा पनि एमाले नामको पार्टी संगठन पपुलर नै थियो I
(ग) पहिलो महाधिवेशन बाट आठौं महाधिवेशन सम्म आइपुग्दा यो बीचमा नेतृत्व गर्नु हुने कमरेडहरुले आफ्नो उच्च सुझ-बुझ नअपनाइँ अरु कसैको स्वार्थ सिद्ध गर्न पट्टी लाग्नु भएको भए, जिम्मेवार कमुनिस्ट नेता नबन्नु भएको भए, कमुनिस्ट सिद्धान्त बिपरित क. रायमाझी जस्तै बन्नु भएको भए, भ्रस्टचारी, रअ को एजेन्ट, चरित्रहिन आदि हुनु भएको भए नबौ महाधिबेसनसम्म यो पार्टी आइपुग्थ्यो होला र ? मैले यो प्रसङ्ग किन निकालेको हो भने पार्टी भित्र आजसम्म यत्रो योगदान गर्नुहुने पुर्ब नेतृत्वहरुको मानमर्दन हुने गरि दिईयका अभिव्यक्तिहरु, आरोप-प्रत्यारोपहरु सामान्य भने थियनन जस्तै केहि समय अगाडी बाटाहरु, भट्टीहरु, चियापसल र चोक-चोकहरु अनि सामाजिक संजालै भारि, फेसबुक वाल वा टुईटहरुमा कमुनिस्टकै नामका केहि नेता-कार्यकर्ताहरुले लेखेका, बोलेका, दिईएका अभिव्यक्तिहरुलाई उजागर गर्ने हो भने नेपाली शब्दकोश भित्र रहेका जति पनि अश्लिल शब्दहरु छन् ति सबै प्रयोग भए, ति सबै प्रयोगकर्ता सबै नेकपाका नै थिए अनि हाम्रो पार्टी चलाएमान थियो, अनुसासन प्रमुख, संगठन बिभाग प्रमुख र पार्टी नेता प्रमुख पनि सक्रिय हुनुहुन्थियो भने अवस्य पनि त्यस्ता समुहलाई कारबाही गरि दायरामा ल्याउनु पर्थ्यो तर त्यसो भएन I कारबाही त परै जाओस सचेत पनि गराईएन, हो कमरेड कसै कसैलाई यी सबै कुरा ठिकै पनि लग्यो होला तर कमरेड हो मलाई खाने बाघले तपाईहरुलाई पनि खान्छ I समयमै ख्याल नगरिए बुढी मरीन होइन काल पल्कियो भन्ने उखान साबित हुन्छ I यी सबै कुराहरु समय र परिस्थितिले सृजना गर्ने हुन् त्यसैले संसार देर छ तर अन्देर छैन, सबैमा ख्याल रहोस, त्यसैले सुन्नियको जीउलाई मोटाएको नठानौ, सधैभरि समय एकैनास हुदैन I
(घ) अनि नेकपा :- यसमा पनि हामी सबैको आ-आफ्नो स्वार्थ, पद, प्रतिष्ठा, कायमै छ I समय र परिस्थितिले पुर्ब एमाले र पुर्ब माओबादीहरुलाई पार्टी भित्र एकै ठाउमा उभिन बाध्य बनायो I यो एकता कमुनिस्ट पार्टी भित्रको बिधि, बिधान, पद्ती र रास्ट्र राष्ट्रियता जनतामा आधारित भइ एकतामा परिणत भयको थियन I यदी यसलाई नै टेकेर एक हुन् खोजेको भए एकिकरण भएको एक बर्ष भित्रैमा पार्टी समायोजन र महाधिबेसन पनि भइसक्ने थियो होला तर निहित स्वार्थमा उभिएर भएको एकता स्वार्थ पुरा नहुनासाथ भत्किनु वा भत्किन खोज्नु यो कमुनिस्ट चरित्र भित्रको अनौठो कुरा भने होईन I
पार्टी भित्र व्यक्ति, व्यक्तिहरुको स्वार्थ, पद मोह, कुण्ठा, छल-कपट, दम्भ, पावर, पैसा, गुट आदिले यसमा काम गरिरहेको छ I तसर्थ जब एक अर्कोमा विश्वासको अभाव हुनु, आदर-सम्मानमा खडेरी पर्नु, एकले अर्कोलाई आत्मसाथ गर्नै नसक्नु, ढाटको खेति गर्नु, आरोप-प्रत्यारोपमै रमाउनु, म ठिक बाकी सबै बेठिक भन्नु, गुट बाहिर जानै नसक्नु, मेरो को मान्छे पर्यो को परेंन भन्नु, पार्टी के हो र सबै म नै हु भन्नु, अरु जेसुकै हुन् आफु भने रमाईरहनु, आफु समानका नेताहरुले नेताहरुलाई सम्मान गर्नै नसक्नु आदि यिनै हुन् कमुनिस्ट पतनका केहि केहि कारणहरु हुन् तसर्थ यदि एक भएर आत्मविश्वासका साथ दम्भ, कुण्ठा, स्वार्थ, गुट त्यागी अगाडी बढ्न सकिदैन भने जीवनमा एक पटक कमुनिस्टहरुको बहुमतको सरकार बनिहाल्यो अब बिरालोले मुसा खेलाएझैँ खेलीरहनुभन्दा, अनि कमुनिस्टका नाममा जग हसाउनु भन्दा, हामी सबैले आ-आफ्नो बाटो तताउदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ I " नरहे बास नबझे बासुरी "
(ङ) अनि एउटै पार्टीमा बसेको छ एकले अर्को माथि विश्वास छैन,सबैलाई भाग चाहियको छ, पार्टी काम जिरो छ, मिटिंग-भेला सबै शुन्य छन्, सबैले एकले अर्काको खुट्टा तान्दै ठिक्क छ, कसका कति सदस्य छन् त्यो पनि थाहा छैन, उता गुट-उपगुटहरु भने चलिरहेकै छन्, यी सबै कुराहरु किन र कसका लागि ? कार्यकर्ता र जनताहरु निराश छन्, केहि भुइँफुट्टाहरु भुकिरहेका छन्, चौतर्फी निराशा छाएको छ I नेता-कार्यकर्ताहरु पनि रणभुल्लमा छन्, जनता र राष्ट्रलाई पनि हात लग्यो शुन्य नै छ, सरकार चौतर्फी विकास मात्रै देक्छ, जनताहरु चौतर्फी निराशा मात्रै देक्छन I किन यो यस्तो भैरहेको छ ? के हेराईकै फरक हो ? कि बुझाईकै फरक हो ? हैन भने सरकारले पनि गम्भीर भएर सोचोस्, यसैमा हामी सबैको कल्याण हुनेछ I 
अन्तमा – यी सबै खाले कु-हर्कतहरुबाट बाहिर निक्ली सबैले आ-आफ्नो ठाउँबाट पार्टीको बिधि, बिधान, पद्ती, अनुशासन भित्र रही ब्यतिगत स्वार्थ परित्याग गरि, सामुहिक निर्णय, ब्यतिगत जिम्मेबारीलाई आत्मसाथ गर्ने हो भने अहिले पनि केहि बिग्रेको छैन तर आफ्नो बानि को छोड्छ, अरुको बानि को लिन्छ भनि सर्वांग नंगिएर सबैजना सडकमा नाच्न थाल्ने हो भने हामीहरु सबै आ-आफ्ना गुडमा बसौ I हामी सबैलाई यसमै भलाई होला, होइन र ? यहाँहरुसंगको आजसम्मको यो न्यानोपन हामी बीच बाचुन्जेल रहिरहोस, हामी सबैले एउटै ठाउँमा भएर होला एकले अर्कोलाई बुझ्न सकेनौ, कालान्तरमा यसको अभाव खडकिएला I सायद पुन: समय र परिस्थितिले फेरि एकै ठाउँमा उभिएला हाललाई जग हसाउने काम बन्द गरौ, अब त् अति नै भो, सबै सबैमा न्यानो अभिबादन ! 

सम्बन्धित समाचार

Advertisement