आज - २४ भाद्र २०७५ आइतवारको राशिफल

अनलाइन दर्पण 2018-09-08
img

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजसेवाका कामबाट लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शुभकार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वत्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सिद्धिको योगछ । धर्म,कर्ममा रुचि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मनमा उत्साहका साथै बोली विक्ने समयछ । मन प्रसन्न रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । गरेका कामबाट राम्रै लाभ हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे

सम्बन्धित समाचार

Advertisement