वि.सं. २०७५ ज्येष्ठ २९ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुन १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०४ बजे, ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि, बिहान ०५:५२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, कृतिका नक्षत्र, साँझ ०६:२८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, दिउँसो १२:१९ बजेसम्म, त्यसपछि धृति योग, वणिज करण, दिउँसो ०४:५६ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : गद, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : अनला चह्रेपूजा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । कुरा भन्दा काममा ध्यान दिनु होला । आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । अरुको भर विश्वासमा काम गर्दा दुःख पाईनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : समयमा सामान्य सुधार आउनेछ । हतास मनस्थितिमा कुनै काम नगर्नु होला । योजनाबद्ध अगाडि बढेमा कामले गति लिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : समयले कम साथ दिने देखिन्छ । सोचाईको विपरित काम हुनेछन् । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या झेल्नु पर्नेछ । स्वास्थ्यमा लगानी बढ्ने । लगानीको प्रतिफल पाईने छैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : हेलचक्र्याई नगरि काम गर्नु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । गरेका कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : अवरोधहरु हटेर जानेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसरको सम्भावना देखिन्छ । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : समयमा पूर्ण सुधार देखिन्न । व्यापार मन्द रहला । काम गर्दा इज्जत प्रतिष्ठामा आच आउन सक्छ थोरै सजग रहनु होला । विश्वासको संकट पर्न सक्छ । यात्राको सम्भावना देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : नोकरीमा समस्या आउनेछ । भौतिक सुखमा कमी आउने छ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : प्रयास र प्रयत्नबाट मात्र काम हुनेछन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुने देखिन्छ । स्वतन्त्र व्यापारबाट सामान्य लाभ हुन सक्छ । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा प्रवेश गर्नु होला । अर्थोपार्जन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : भ्रममा परेर काम गर्दा दुःख पाईनेछ । कुनै काम गरिन्छ भने बुझेर मात्र गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । मिलेर काम नगर्नु होला । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : कार्य शिथिलता बढ्नेछ । स्वागत सत्कारमा समय र धन खर्च हुनेछ । घरयासी समस्या बढ्नेछन् । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । उतार चढावको सामना गर्नु पर्ला । स्वस्थ्यमा समस्या आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : कार्य लगनशिलता बढ्नेछ । गरेका प्राय काम सफल हुनेछन् । थोरै मेहनत गरेमा नयाँ काम हात पर्नेछन् । धन लगानी भन्द श्रम लगानी बढी गर्नु होला । व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ ।