काठमाण्डाै, १७ भदाै । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को मञ्चमा गएराती भएकाे जजहरुकाे विवादास्पद निर्णय र भाेटरहरुलार्इ मुकुन्द घिमिरेले व्यंग्य गरेका छन ।
‘टप ४’ का प्रतिस्पर्धीहरु पोखराका बुद्ध लामा, मोरङका निशान भट्टराई, ललितपुरका प्रताप दास र चितवनका सागर आले मध्यबाट एक जना अाउट हुनुपर्नेमा जजहरुले अाफ्नाे पावर प्रयाेग गर्दै चारै जना प्रतिस्पर्धी अाउट नहुुने भन्ने निर्णय गरे पछि हिजाे काेही पनि अाउट भएन ।
दर्शकहरुले जजहरुकाे याे कुरालार्इ लिएर सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा AP1 काे याे पैसा कमाउने धन्दा भन्दै टिका टिप्पणी गरिरहेकै वेला मुकुन्द घिमिरेले पनि फेसबुक मार्फत यस्ताे टिप्पणी गरेकाे छन ।
असोज ६ गते कतारको दोहामा आइडलको फिनाले हुने छ । टाइटल विजेताले महिन्द्राको ‘केयूभी १००’ मोडलको गाडी र २० लाख नगद प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।