अाज नेपाल आइडलमा राजेशपायलकाे अागमन कस्ताे रहला ?

अनलाइन दर्पण 2017-09-05
img

काठमाडौं, १५ भदौ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आजको अंकमा चर्चित गायक राजेशपायल राईकाे अागमन हुने भएकाे छ । स्रोतका अनुसार आजको एपिसोडमा ‘राई इज किङ’ भनेर चिनिएका राई आउनेछन् । 

गित सँगितकाे क्षेत्रमा एक छत्र राज गरिरहेका ‘राई इज किङ’ काे लाखाै स्वदेशी तथा विदेशी फ्यानहरु रहेकाले पनि अाज नेपाल अार्इडलमा रार्इकाे अागमन सानदार रहने स्राेतकाे अपेक्षा रहेकाे छ । 

राति ८ः४५ बजे प्रसारण हुने छ सोमा ‘टप ४’ प्रतिस्पर्धी पोखराका बुद्ध लामा, मोरङका निशान भट्टराई, ललितपुरका प्रताप दास र चितवनका सागर आले ले प्रस्तुती दिनेछन् ।

आजको प्रस्तुति पछि प्राप्त हुने भोटका आधारमा सबैभन्दा कम भोट ल्याउने एक प्रतिस्पर्धी भोली (शुक्रबार) आइडलबाट बाहिरिने छन् । बाँकी तीन प्रतिस्पर्धीबाट एक जनाले आइडलको टाइटल जित्ने छन् ।

असोज ६ गते कतारको दोहामा आइडलको फिनाले हुने छ । टाइटल विजेताले महिन्द्राको ‘केयूभी १००’ मोडलको गाडी र २० लाख नगद प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement