एलिसाकाे लभ मन्त्र

अनलाइन दर्पण 2017-08-19
img

- एक–अर्कासँग बाहिरी सुन्दरता तथा सांसारिक कुराबाट आकर्षित हुनुभन्दा पनि मनबाट बनाइएको सम्बन्ध दीर्घ हुन्छ ।

- मायामा एक–अर्काको कार्य वा विचारलाई सपोर्ट गर्ने, उत्प्रेरित गर्ने एवं प्रेरणा दिने काम गरिरहनुपर्छ ।

- जीवनमा आउने उतारचढावका क्रममा निरन्तर सहयोग एवं सल्लाह दिइरहनुपर्छ । सुखमा भन्दा दु:खमा उनको साथको आवश्यकता हुन्छ । 

- डेट जाँदा ठुस्केर, झगडा गरेर समय व्यतीत गर्नु हुँदैन । त्यसरी भेट्दा समयको भरपूर सदुपयोग गर्नुपर्छ । 

- एक–अर्काले गरिरहेको कार्य र संघर्षमा ‘यो भएन, त्यो भएन’ भनेर गल्ती मात्र औंल्याइरहनु हुँदैन । उनको स्वतन्त्रतामा अवरोध सिर्जना गर्नुको अर्थ आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । 

- प्रेममा ‘फिजिकल एट्रयाक्सन’ भन्दा ‘हार्ट टु हार्ट कनेक्सन’ हुन्छ ।

- प्रेम गर्नेले एक–अर्काको मर्का र कामलाई बुझ्नु सबैभन्दा बढी जरुरी हुन्छ । एक–अर्काको काममा बाधक बन्नु आफ्नो प्रेमको बिसर्जन गर्नु हो ।

एलिसा राई मोडल/नृत्याङ्गना

- साप्ताहिक बाट

सम्बन्धित समाचार

Advertisement