भक्तपुर । भक्तपुर क्षेत्र नम्वर १ क चाँगुनारायण प्रदेशमा स्वतन्त्रको पक्षमा जनलहर देखिएको छ ।
राजनीतिक दल प्रतिको वितृष्णा स्वरूप स्वतन्त्रको पक्षमा सर्वसाधारणको लहर देखा परेको छ ।
भक्तपुर नगरपालिका वडा नम्वर १० र चाँगुनारायण नगरपालिका वडा नम्वर १ श्रीभक्त कासिछ्वा स्वतन्त्र उम्मेदवार पुग्दा उनीहरूले दलहरूको गुनासो स्वतन्त्रमा गरेका हुन् ।
बुढा बाला तथा युवाको आवश्यकता अव को निर्वाचनमा दलका हैन स्वतन्त्रको प्रतिनिधित्व भन्ने नाराका साथमा चुनावी मैदानमा होमिनुभएका श्रीभक्त कासिछ्वाको पक्षमा प्रदेशका जनताले आशा राखेको बताएका छन् ।
दलका नेता आउँदा कुनै परिवर्तन भएन तर स्वतन्त्र आउँदा केही हुने आशा राखेको उनीहरूले बताउँदै आएका छन् ।
दलभन्दा माथि रहेर आफूले काम गर्ने स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछ्वाले बताउनुभयो ।
म सेवक हुन आएको हो । जनताको हरेक सुख दुःखमा म जहिले साथ हुने छु उहाँले बताउनुभयो ।