२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान

अनलाइन दर्पण 2021-05-05
img

काठमाडौं । अफ्रिकी मुलुक मालिको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्।

सिसेको मंगलबार अप्रेशन गरिएको थियो। यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो।

उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालिका नेताहरूको ध्यान तानेको थियो। मालिको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।

सम्बन्धित समाचार

Advertisement