लिङ्ग ठूलो बनाउँछु भन्दा तीन किलोको लिङ्ग बनेपछि............

अनलाइन दर्पण 2019-05-23
img

जर्मनीका एक पुरुषले आफ्नो लिङ्ग ठुलो बनाउनको लागी लिङ्गमा सिलिकन भर्दा झन् समस्यामा परेका छन् । उनले इन्जेक्सन लगाएर लिङ्गमा सिलिकन भरेका थिए तर इन्जेक्सनका कारणले गर्दा उनको लिङ्गको तौल बढेर तीन किलोको भएको छ ।

४५ वर्षीय मिका स्टुन्ज लिङ्गको आकार अस्वभाविक रुपमा वृद्धि भएपछि चिन्तित बनेका छन् । हाल उनलाई यौन सम्बन्ध बनाउनका लागि समेत अफ्ट्यारो हुने गरेको छ । हाल उनको लिङ्गको साइज नौ इन्च लामो र ३.५ इन्च चौडा रहेको छ र त उनी लिङ्गका कारण अन्य मानिस भन्दा फरक देखिन्छन् । 

उनलाई हिँडडुल गर्न समेत अप्ठ्यारो बनेको छ । उनले आफु २० वर्षको हुँदा नै आफ्नो लिङ्गको आकारलाई बढाउन खोजेका थिए । उनले लिङ्गको आकार बढेपछि मानिसहरु आफ्नो कम्मर मुनिको भाग हेर्ने झुम्मिने गरेको बताउँछन् ।

तर उनले सिलिकनले लिङ्गको आकार बढाउन पाएकोमा भने आफु दंग परेको बताउँछन् । तर लिङ्गको आकार बढाएपनि उनले अतिरिक्त यौन सन्तुष्ट भने महसुस नगरेको र आफुलाई झन यौनसम्पर्कका बेला कठिन हुने बताएका छन् ।

ती पुरुषले आफुले मोलेको खतराको महसुस बल्ल गरेको बताएका छन् । उनले अब आफुले सामान्य जीवन विताउने प्रयास गर्ने र आफुलाई आवश्यक सामग्रीहरु खरिद गर्ने, क्लबहरु, बार तथा सिनेमा हेर्न जाने बताएका छन् ।

उनले आफनो लिङ्गलाई सम्हाल्नका लागि विशेष किसमको ब्यागको प्रयोग गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

Advertisement