बच्चा जन्माउन भाले र पोथीबीच संसर्ग हुनु आवश्यक छ । यो हामी सबैले बुझेको कुरा हो । नर र नारीबीचको शारीरिक सम्पर्कबाट मात्र सन्तान उत्पादन हुने गरेको हामीले सुन्दै देख्दै र पढ्दै आएको तथ्य हो । यस्तो अवस्थामा यदि कुनै महिला कुनै टापुमा एक्लै छिन् र उनलाई सन्तान जन्माउने इच्छा जाग्यो भने के होला ? यसलाई दुर्भाग्य ठान्न पनि सकिन्छ । तर निराशा कुनै नयाँ खोजको माध्यम पनि बन्न सक्दछ । कयौ जीवमा यो सम्भव भएको छ।
लंगिक प्रजनन उत्पत्तिको सफल विचार हो, जसका कारेमा मानिसलाई पनि जानकारी छ । तपाईलाई सन्तान चाहियो भने एक जना योग्य साथी सबैभन्दा पहिलो आवश्यकता हुनेछ । केही जीवले यो लामो प्रक्रियाबाट पूर्णरुपमा बच्ने तरिका निकालेका छन् । ती अलैंगिक हुन् र स्वयमको क्लोन बनाउछन् ।
यो गंगटो यसको एउटा राम्रो उदाहरण हो । सफा पानीमा बस्ने यी गंगाटाले सन् २००३ मा पहिलोपटक संसारको ध्यान आफूतिर खिचे । जर्मन जीव वैज्ञानिकहरुले देखे कि एउटा पूर्ण प्रकारको केवल पोथी मात्रै थिए, जसले स्वयम क्लोन बनाउँथे । यी गंगटोको यो खुवीका बारेमा पहिला कुनै जानकारी थिएन ।
मार्बल क्यान्सर लैंगिक प्रजननबाट कसरी टाढा भए यो स्पष्ट छैन । यद्यपि यिनीहरुको जीनको विश्लेषण गर्दा थाहा भयो कि यो उत्तर अमेरिकी क्रेफिश प्रजातिसँग सम्बन्धित छन् । वैज्ञानिकहरुले आशंका गरेका छन् कि यिनीहरुबाट कुनै क्रेफिशको म्युटेशन १९९० को दशकमा भयो, जसका कारण यो गंगटा लैंगिक प्रजननबाट अलैंगिक प्रजननतर्फ गए ।
अलैगिक प्रजननको सबैभन्दा ठुलो फाइदा छ कि केवल एक महिलाले नै पूरै आवादीको सुरुवात गर्न सक्छिन् । तस्वीरमा देखिरहेको छेपारो (सरीसृप ) भर्जिन छेपारो हो । यो प्रशान्त महासागरको विल्कुल अलगथलग द्वीपमा पाइन्छ । र, रुखविरुवाका साथ बगेर शायद किनारासम्म पुगे । यदि पोथीहरु प्रजननका लागि पुरुषमा निर्भर भए संदिग्ध परिस्थितिहरुमा यिनीहरु यस्तो कहिल्यै पनि गर्ने छैनन् ।
ब्डेलायडी नामको यो जीव सेक्स नगरीकनै विगत ४ करोड वर्षदेखि बसेको छ। यो लामो अन्तरालमा पृथ्वीमा पर्यावरणको mस्थितिमा कयौ परिवर्तन आएको छ । तर यो जीवन अहिले पनि अस्तित्वमा छ र त्यो यसकारण कि यो अन्य जीवहरुबाट जीन लिएर आफ्नो डीएनएमा समावेश गर्दछ । जस्तो कि ब्याक्टेरिया वा च्याउ ।
माराम झिंगा, ब्डेलायडी र छेपारो त सधैं पोथी हुन्छन् । तर केही यस्ता पनि जीव छन् जसका लागि सेक्स वैकल्पिक छ । यसमा एउटा उदाहरणका लागि यो सप्तरंगी छेपारो । यो छेपारो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । यिनीहरुको केही आवादी त केवल पोथीहरुको छ, तर केही यस्ता पनि आवादी छ जसमा भाले र पोथी साथमा रहन्छन् ।
सेल्फ क्लोनिंग कुनै धेरै टाढाको कुरा होइन, यो कुरा कैदमा रहेका जीवहरुले देखाए । सन् २००६ मा लण्डनको चिडियाखानामा रहेको भर्जिन पोगी कोमोडो ड्रैगनले चार वटा बच्चा जन्मायो । चारै बच्चा भाले थिए र स्पष्ट छ त्यसको क्लोन त्यहाँ थिएन । किनभने बच्चामा केवल आमाको डीएनए थियो ।
यहाँसम्म कि कैदमा रहेका शार्कहरुमा पनि अलैंगिक प्रजनन देखिएको छ। उदाहरणका लागि सन् २००७ मा अमेरिकी एक्वेरियममा एउटा शार्क बिना कुनै नरको सम्पर्कमा गर्भवती भयो । फेरि एउटाले बच्चा जन्मायो । बंबु शार्क र जेब्रा शार्कले पहिला नै क्लोनलाई जन्म दिइसकेका छन् ।
स्तनधारीहरुमा अलैंगिक प्रजनन अहिलेसम्म देखिएको छैन । वैज्ञानिकहरुलाई सन्देश छ कि हाम्रा लागि सन्तान जन्माउनु निकै जटिल छ । यो एउटा राम्रो कुरा हो किनभने लैंगिक प्रजननले म्युटेशनबाट हुने नोक्सानीको जोखिम कम गर्दछ । यसका साथै हरेक पटक जीनको नयाँ मिश्रण बन्छ जुन नयाँ जलवायुको परिस्थितिहरुका अनुसार हामी स्वयमलाई ढाल्न सहयोग गर्दछ । एजेन्सी