वाम एकताको आवश्यकता र आगामी कार्यदिशा

अनलाइन दर्पण 2017-12-16
img

  विकास ज्ञवाली

विकास ज्ञवाली
राज्य सञ्चालन प्रक्रिया कानुनद्वारा निर्देशित हुने गर्दछ । कानुनको जन्म तत्कालीन आवश्यकता र राजनैतिक विचारद्वारा निर्देशित हुने गर्दछ । नेपालमा स्थापित राजनैतिक विचारहरूको अन्तरघुलन तथा स्थानीय परिस्थितिको सापेक्षित अनुकूल कानुनी संरचना नेपालको संविधान २०७२ ले प्राप्त गरिसकेको छ ।

यो नेपालको राजनीतिको अहिलेसम्मको उच्चतम सफलता हो । केही कमी कमजोरीका वावजुत संविधानले नेपालका अधिकांश जनतामा अपनत्व स्थापित गरिसकेको छ । संविधान निर्माणपछि अहिले देशको राजनीति संविधान कार्यान्वयनको दिशामा अगाडी बढेको छ । जसको परिणामस्वरुप स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने सङ्घ र प्रदेशको निर्वाचन गर्ने दिशामा राजनीति अगाडी बढेको छ ।

संविधानको कार्यान्वयनको सफलताले देशको राजनीतिलाई सकारात्मक दिशा तर्फ उन्मुख गरेको छ । जसको प्रमाण स्वरूप विभिन्न वैचारिक मत भिन्नतामा विभाजित दलहरूको तत्कालीन र दृघकालिन एकताका प्रयासलाई लिन सकिन्छ । नेपालमा आधुनिक राजनैतिक विचारधाराको प्रार्दुभावसँगै नेपालमा विभिन्न सैद्धान्तिक मत भिन्नताको आधारमा अनेकन दलहरूको उत्पत्ति भएको देखिन्छ । त्यस्ता प्रमुख  विचारधारा आजसम्म पनि कुनै न कुनै रूपमा क्रियाशील रहेका छन् । विद्यमान सघन वैचारिक मत भिन्नतालाई नेपालको राजनीतिको अस्थिरताको प्रमुख कारणको रूपमा लिइन्छ ।

विभिन्न क्रान्ति-आन्दोलन-अभियान पश्चात् प्राप्त वर्तमान संविधानकरो सफल कार्यान्वयनको प्रमुख सर्त भनेको राजनैतिक स्थिरता हो । विभिन्न मतमा विभाजित राजनैतिक दलहरूको गठबन्धन तथा एकता विना राजनैतिक स्थिरता सम्भव देखिएन । तसर्थ, संविधानले नै राजनैतिक स्थिरता कायम गर्नको लागि विभक्त मतहरुको एकतालाई प्रोत्साहन गरेको छ । संविधान लागु भए पश्चात् वैचारिक रूपमा अत्यन्त पृथक् दलहरूको सहज गठबन्धन निर्माण संविधानले निर्देशित गरे अनुरूप कै राजनैतिक परिणाम थियो ।

सम्मुखमा रहेको सङ्घ र प्रदेशको निर्वाचन पश्चात् संविधान कार्यान्वयनको प्रथम कार्याभार पुरा हुनेछ । देशको राजनीति संविधानले दिशानिर्देशित गरे अनुरूप राजनैतिक स्थायित्व र आर्थिक संवृद्धिको दिशामा अगाडी बढ्नेछ । राजनैतिक स्थायित्व विना आर्थिक संवृद्धि नेपालको संदर्भमा असम्भव प्राय देखिन्छ । तसर्थ, नेपालको आगामी दिशा राजनैतिक स्थायित्वको दिशा हो । नेपालको संविधानले दिशा निर्देशित गरेको र आम जनताको चाहना प्रतिविम्वित भएको यस तथ्यको बोध नेपालका राजनैतिक दलहरूले गर्न थालेका छन् ।

जसको परिणाम स्वरूप आकस्मिक रूपमा घोषणा भएको वाम एकताको प्रयत्न र त्यसले विकसित गरेको लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयत्नलाई लिन सकिन्छ । वैचारिक रूपमा छिन्न भिन्न रूपमा विभक्त नेपालको राजनीतिमा करिब करिब सात दशक पछि सघन एकताका प्रयत्नहरू देखा पर्न थालेका छन् । यो अत्यन्त प्रगतिशील वर्तमान संविधान अनुकूल नै विकसित भैरहेका घटनाक्रम हुन् । संविधानको मर्मले नै अव्यक्त रूपमा छिन्न भिन्न राजनैतिक दलहरूको अस्तित्वलाई अस्वीकार गरेको छ ।

नेपालको संविधानले अत्यन्त सघन रूपमा एकताबद्ध राजनैतिक शक्तिको भविष्य मात्र सुनिश्चित गरिदिएको छ । थ्रेसहोल्डको प्रावधानले सानासाना दलहरूको स्वतन्त्र अस्तित्वलाई इन्कार गरिदिएको छ । स्थायी रूपमा पूर्ण बहुमतको सरकार निर्माण गर्न अत्यन्त बृहत् गठबन्धन निर्माणको विकल्पलाई निर्विकल्प बनाइदिएको छ ।

यसले कुनै शक्तिले पूर्ण कार्यकाल निर्वाध शासन सञ्चालन गर्न चाहन्छ भने त्यस्तो शक्तिलाई अत्यन्त महवुद र दृघकालिन गठबन्धन र एकता निर्माणको प्रक्रियामा सामेल हुन प्रेरित गरिसकेको छ । स्वरूप पूर्ण रूपमा शासन सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढी रहेको काँग्रेस, एमाले, एमाओवादी, लगायतका दलहरुलार्इ बृहत् गठबन्धन र एकता प्रयासमा लाग्न दबाब सृजना हुँदै गएको छ । त्यसैको परिणाम स्वरुपम बृहत् वाम एकताको नाममा वामशक्तिको ध्रुवीकरण र लोकतान्त्रिक शक्ति बिच निर्माण हुँदै गरेको गठबन्धनलाई लिन सकिन्छ ।

वाम एकताको अभियानले नेपालको राजनीतिमा अत्यन्त धेरै सकारात्मक आशाहरु उत्पन्न गरेको छ । यस अभियानले वैचारिक र संगठानिक रूपमा विभक्त शक्तिहरूलाई एकता र गठबन्धन निर्माणमा लाग्न दबाब सृजना गरिदिएको छ ।

नेपालको सत्ता राजनीति गठबन्धन निर्माण र विनिर्माणमा अभ्यस्त भैसकेको छ । नेपालको राजनीतिमा अत्यन्त असहज र अप्राकृतिक राजनैतिक गठबन्धन पनि स्वीकार्य हुन्छन् । सायद यो राजनैतिक रूपमा अस्थिर राष्ट्रहरूको चरित्र नै हो । त्यसैले हुन सक्दछ, राजनैतिक गठबन्धन निर्माणलाई मात्र राजनैतिक सम्बन्ध निर्माणको स्वरूपमा बुझ्न अभ्यस्त आजसम्मको राजनीतिमा बृहत् वाम एकताको निर्माण भनी सुरु गरिएको प्रयत्नले अनेकन आशंकाहरु उत्पन्न गरेको छ ।

संविधानले दृघकालिन रूपमा बृहत् शक्तिको मात्र अस्तित्व सम्भव हुने मर्मलाई अगिंकार गरेकोले वैचारिक र संगठानिक रूपमा निकटहरु बिचको एकता अभियानको रूपमा प्रारम्भ गरिएको प्रयत्न को रूपमा वाम एकताको अभियानलाई बुझ्न सकिन्छ  । दृघकालिन रूपमा वामपन्थीको विचारधारालाई राज्य सञ्चालन प्रक्रियामा प्रभावकारी बनाइराख्न सुरु गरिएको प्रयत्नको रूपमा वाम एकताको अभियान देखिएको छ ।

यसरी वाम एकताको अभियानले प्रत्यक्ष रूपमा राजनैतिक स्थिरता स्थापित गर्ने संविधानको मूल मर्मलाई आत्समाथ गरेर स्थापना भएको विश्लेषण गर्न सकिन्छ । राजनैतिक रूपमा अस्थिर र तत्कालीन स्वार्थपरक गठबन्धन निर्माणमा अभ्यस्त भएको कारण यस एकता अभियानलाई सकारात्मक कदमको रूपमा स्वीकार गर्न विभिन्न पक्षहरुलाई अत्यन्त असहज भइरहेको सहजै अनुभव गर्न सकिन्छ ।

वाम एकताको अभियानले नेपालको राजनीतिमा अत्यन्त धेरै सकारात्मक आशाहरु उत्पन्न गरेको छ । यस अभियानले वैचारिक र संगठानिक रूपमा विभक्त शक्तिहरूलाई एकता र गठबन्धन निर्माणमा लाग्न दबाब सृजना गरिदिएको छ । यस अभियानले वैचारिक रूपमा अत्यन्त पृथक् मान्यता राख्ने शक्तिहरू बिच पनि एकता निर्माणका आधारहरु तय हुन सक्दा रहेछन् भन्ने सन्देश प्रवाहित गरेको छ । वाम एकतासँगै सुरु भएको समाजवादी आर्थिक व्यवस्था निर्माण गर्ने उद्येश्यले संविधान निर्माणको प्रक्रियालाई अझ एक कदम अगाडी बढेर अत्मसाथ गरेको छ ।

नेपालको संविधानका अत्यन्त महत्त्वपूर्ण विशेषताहरू मध्ये समाजवादी आर्थिक व्यवस्था निर्माण गर्ने उद्येश्य पनि एक हो । वाम एकताको अभियानले संविधानको उक्त विशेषतालाई आफ्नो प्रस्थान विन्दुको रूपमा स्पष्ट पारेको छ । यसले नेपालको राजनीतिको बहसलाई वर्तमानको यथास्थितिवाट एक कदम अगाडी बढाउने प्रयत्न गरेको छ । राजनैतिक स्थिरतासंगै पूर्ण कालसम्म शासन सञ्चालन गर्न सक्ने राजनैतिक शक्तिको स्थापनाले संविधानको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछ । संविधान स्थिर दस्ताबेज होइन । आम जनताको चाहना अनुरूप संविधानलाई पनि संशोधन गर्दै लानु पर्दछ ।

अस्थिर राजनैतिक व्यवस्थामा संविधानको परिपक्व संशोधनको सम्भावना अत्यन्त क्षण रहन्छ । संविधानले व्यवस्था गरे अनुरूप पनि सार्थक संशोधनको लागि दुई तिहाइको व्यवस्थाले अस्थिर राजनैतिक अवस्थामा सार्थक संशोधनको सम्भावनालाई निस्तेज गरेको छ । संविधानमा जनताको अपनत्वलाई वृद्धि गर्दै जानको लागि समायानुकुल संशोधन गर्नु पर्ने हुन सक्दछ र त्यसको लागि स्थिर शक्तिहरूको आवश्यकता पर्दछ । तसर्थ, संविधानको कार्यान्वयन मात्र नभै क्रमिक विकासको लागि पनि वर्तमान वाम एकता सकारात्मक प्रयत्नको रूपमा देखा परेको छ ।

जनपक्षिय संविधान निर्माण आजसम्म प्रमुख वामपन्थी दलहरूको प्रमुख मुद्धाहरु मध्ये एक थियो । नयाँ संविधान निर्माणसंगै उक्त राजनैतिक कार्याभार एक तहसम्म पुरा भएको छ । वामपन्थी दलहरूले घोषणा गरे अनुरुपमको राजनैतिक क्रान्ति वा अभिभारा यो स्वरूपसम्म आइपुग्दा कुनै न कुनै रूपमा सम्पन्न भएको देखिन्छ । गणतन्त्र स्थापनासंगै एमालेको बहुदलीय जनवाद र एमाओवादीको नयाँ जनवादी क्रान्तिको रणनीतिले कल्पना गरे अनुरुपमको सामन्तवादको अन्त्य नेपालमा भैसकेको घोषणा स्वय ती दलहरूले नै गरिसकेका छन् ।

यसरी हेर्दा ती दलहरूले आजसम्म अंगिकार गरेको वैचारिक कार्यदिशामा सघन संशोधन वा परिमार्जन गर्नु पर्ने आवश्यकता देखा परि सकेको छ । वर्तमानमा ती दलहरुमा देखिएको वैचारिक रिक्तता (अपुर्णता)लाई पुरा गर्ने सृजनसिल प्रयत्नको रूपमा वाम एकता देखा परेको छ । नेपालका प्रमुख वाम दलले वाम एकताको अभियान प्रारम्भ गर्दा अफुले बारम्बार भन्ने गरेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेको देखिन्छ । वैचारिक पूर्णताको अवस्थामा विचारमा लचकता कम आउने हुँदा दृघकालिन एकताका बहसका सम्भावना रहदैनन् तर, जब विचार अपुर्ण हुन्छ त्यस अवस्थामा विचारमा लचकताको सम्भावना रहन्छ ।नेपालका प्रमुख वाम दलले वाम एकताको अभियान प्रारम्भ गर्दा अफुले बारम्बार भन्ने गरेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेको देखिन्छ । वैचारिक पूर्णताको अवस्थामा विचारमा लचकता कम आउने हुँदा दृघकालिन एकताका बहसका सम्भावना रहदैनन् तर, जब विचार अपुर्ण हुन्छ त्यस अवस्थामा विचारमा लचकताको सम्भावना रहन्छ ।

नेपालका प्रमुख वामपन्थी दलहरूले विचारमा अपुर्णता (वा, कार्यदिशा हिनताको अभाव) देखिएको वर्तमानमा एकताको हुन प्रयत्नको प्रयास गरिरहेका छन् त्यो, अत्यन्त सान्दर्भिक देखिन्छ । वाम एकताको अभियान नयाँ वैचारिक कार्यदिशाको निर्माण गर्दै विद्यमानमा रहेका वैचारिक मतहरुलाई पूर्णता दिनै विश्वास गर्न सकिन्छ ।

एकताको संघारमा उभिएका दुई प्रमुख वाम दलहरू नेकपा (एमाले) र एमाओवादीले पहिले नै आफ्ना महत्त्वपूर्ण दस्ताबेजमा वर्तमानको पुजिवादी लोकतन्त्रको संक्रमणलाई पार पर्दै समाजवादी राजनैतिक आर्थिक व्यवस्था स्थापना गर्ने कुरा केही पहिले देखि नै उल्लेख गर्दै आएका छन् । यही नै वाम एकताको वर्तमानको वैचारिक आधार निर्माण गर्न सक्दछ ।

विश्व वामपन्थी आन्दोलनमा विशेष महत्त्व रहेको नेपालको वाम आन्दोलनले आजको दिनमा लेलिनवाद र माओवादको एक्काइसौं शताब्दिको अन्तरघुलनबाट नौलो वामपन्थी मार्गदर्शक सिद्धान्तको प्रतिपादन गर्न सक्दछ । हाल दलहरूले अगिंकार गरेका मार्गदर्शन सिद्धान्तहरको सकारात्मक सिकाइहरुलाई आत्मसाथ गर्दै र आफूमा रहेको दक्षिणपन्थी, यथास्थितिवादी र उग्रवामपन्थी सिकाइहरुलाई निषेध गर्दै नयाँ मार्गदर्शक सिद्धान्तको विकास हुने देखिन्छ ।  

एकतावद्ध वाम शक्तिको मार्ग दर्शन सिद्धान्तको रूपमा अन्य के कस्ता प्रावधानहरु समावेश हुनेछन् त्यो त भविष्यमा देखा पर्नेछन् । तर, अहिलेसम्मलाई के स्पष्ट छ भने वर्तमानको पुजिवादी लोकतन्त्रको संक्रमणलाई पार पर्दै समाजवादी राजनैतिक आर्थिक व्यवस्था स्थापना गर्ने कुरा एकतावद्ध वामशक्तिको आधारभूत कार्यदिशाको रूपमा स्थापित हुनेछ । र, समाजवादी आर्थिक व्यवस्थाको स्थापना नेपालको संविधानको मार्गदर्शक सिद्धान्तले अगिंकार गरेको सिद्धान्त मध्ये एक हो । तसर्थ, वामपन्थी एकता आगामी कार्यदिशा निर्माणको दृष्टिकोणले पनि वर्तमान संविधानको मूल मर्म अनुरूप नै अग्रसर भएको देखिन्छ ।

यसरी वर्तमान राजनैतिक परिदृश्यमा प्रमुख बहसको रूपमा देखा परेको वाम एकता अभियान नयाँ नेपाल निर्माणको सन्दर्भमा अत्यन्त सकारात्म लक्षणहरु सहित सतहमा देखा परेको छ । यसले अगिंकार गरेको मर्मलाई विश्लेषण गर्दा यो नेपालमा राजनैतिक स्थयित्व सृजनाको भावनाले प्रेरित भएको देखिन्छ ।

यसले अगिंकार गरेको समाजवादी राज्य निर्माणको मार्ग दर्शनले देशमा दक्ष्य जनशक्तिको उत्पादन, उद्यम प्रवद्र्धनमा प्रयत्न, रोजगारीका अवसरहरुको सृजना, राष्ट्रिय उत्पादनमा वृद्धि मार्फत पराधिनताको अन्त्य र सवृद्धिको सुरुवातको मार्ग प्रशस्त गर्नेछ । तसर्थ, सतहमा देखा परेका अनेकन शङ्का र आशंकाहरुको निकारकणको लागि वैचारिक छलफललाई तीव्रता दिँदै सुरु भएको बृहत् एकताको अभियानलाई प्रोत्साहित गर्नुमा नै राष्ट्रको दृघकालिन हित हुने देखिन्छ । जनतासमाचारबाट

सम्बन्धित समाचार

Advertisement